विश्व पर्यटन दिवसको पुर्व सन्ध्यामा खुल्ला निबन्ध प्रतियोगिता


कञ्चनपुर : विश्व पर्यटन दिवसको उपलक्ष्यमा भीमदत्त नगरपालिकाले पर्यटन र पर्यावरण विषयक खुल्ला निबन्ध प्रतियोगिताको आयोजना गरेको छ । सबैका लागी पर्यटन, पहुँच योग्य विश्वव्यापी पर्यटनको प्रवर्धन भन्ने नारा सहित प्रत्येक वर्षे सेप्टेम्बर २७ का दिन अन्तराष्ट्रिय पर्यटन दिवस मनाउने गरिन्छ ।

‘मंगलबार भीमदत्तनगरपालिकाका पर्यटन उपाध्यक्ष राजेन्द्र के.सी.को अध्यक्षतामा प्रमुख अतिथी भीमदत्तनगरपालिकाका उप-प्रमुख निलम लेखक जाशी रहनु भएको थियो । भीनपा नगर पर्यटन विकास समितिको आयोजनामा तथा होटल व्यवसायी संघ कञ्चनपुरको समुन्वय तथा सहकार्यमा विश्व पर्यटन दिवसको पुर्व सन्ध्यामा पर्यटन र पर्यावरण विषयक खुल्ला निबन्धको आयोजना गरिएको’ पर्यटन उपाध्यक्ष राजेन्द्र के.सी.ले बताए ।

उक्त निबन्ध प्रत्योगितामा अक्सफोड नेशनल एकेडेमी, युनाईटेड पब्लिक स्कुल, ईन्टरनेशनल बोडिङ्ग स्कुल, लिटिल स्टार मा.वी, लिटिल बुद्ध एकेडेमी, ग्लोबल एकेडेमी र ज्ञानदिप विद्यामन्दिरको लगायत ७ विद्यालयको सहभागि रहेको थियो ।

प्रतियोगिताको नतिजा सेप्टेम्बर २७ विश्व पर्यटन दिवसका दिन खुल्ने होटल व्यवसायी संघका अध्यक्ष जगदिश चन्द्र भट्टले बताए । ‘सोही अवसरमा बुधबार २७ सेप्टेम्बरका दिन बिहान महाकालीको चारलाइन पुल बाट गड्डाचौकी सम्म साईकल ¥याली निकाली गड्डाचौकीमा कोणसभाका साथै पर्यटन दिवस सम्बन्धी कार्यक्रम रहेको’ पर्यटन उपाध्यक्ष के.सीले बताए ।

पर्यटन वास्तवमा संसारको सबैभन्दा ठुलो उद्योग हो । वर्ष २०२३ मा चाहिँ विश्व पर्यटन दिवसको नारा चाहिँ “Tourism and Green Investment” रहेको छ । पर्यटनमा वातावरणमैत्री संरचनाको निर्माण र प्राकृतिक श्रोत साधन उन्मुख पर्यटनलाई आधार मानेर हरित लगानीका कुराहरु यसवर्ष ब्यापक छलफल गरिने छ ।


ताजा समाचार

spot_img