कञ्चनपुर : कञ्चनपुरको दोधाराचाँदनीमा नेकपा माओवादी केन्द्रले अभियान निरन्तर जारी अघि सारेको छ । गत १६ भदौँदेखि देशभर संचालन गरिएको माओवादी अभियान दोधाराचाँदनीमा निरन्तर अघि बढाएको जनाएको छ ।

नेकपा माओवादी केन्द्र सुप प्रदेशका सदस्य बिरेन्द्र बिसीले ‘जन जनमा माओवादी घर घरमा माओवादी तीन महिने अभियान संचालन गरेको बताए । सोमबार दोधाराचाँदनी नपा ७मा भीम् बहादुर सुनारको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटि विस्तार गरिएको छ ।

प्रदेश सभा सदस्य बिरेन्द्र बिसीको प्रमुख आथित्यमा भएको कार्यक्रममा माओवादी नेता विवेक लम्साल सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।







