कञ्चनपुर: नमुना समाज नेपाल को आयोजना र वडा नं. ७ को कार्यालय भीमदत्तनगरपालिकाको सहयोगमा लागु औषध विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महाकाली जनसेवा मा.वि.का विद्यार्र्थीका विचमा उतm विद्यालयको सभाहलमा सञ्चालन भएको थियो ।

कार्यक्रमको सञ्चालन तथा सहजिकरण अधिवक्ता कृष्ण दत्त जोशीले गर्नु भयो । कार्यक्रमका प्रमुख सहजकती कैलाली बहुमुखी क्याम्पस कानून संकायका उपप्राध्यापक पदम बहादुर पाल रहनु भएको थियो । कार्यक्रममा नेपालमा लागु औषध दुव्र्यसनको अवस्था, दुब्र्यसनीका समस्या, दुव्र्यसनले उत्पन्न समस्या र चुनौती हरू लागु औषध नियन्त्रणमा सरकारी प्रयास कानुनी व्यवस्था र हाल कञ्चनपुरमा लागू औषधको विकराल समस्याका वारेमा सजिकरण गरीएको थियो । कार्यक्रममा विद्यालयका कलिला र वालवालिका किशोर किशोरीलाई लागु औषध बाट जोगीने सचेतना बारे सहजिकरण भएको थियो ।

नमुना समाज नेपालका अध्यक्ष हरिना भट्टले अध्यक्षता गर्नु भएको कार्यक्रममा वडा नं. ७ का अध्यक्ष गणेश बहादुर चन्द प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा महाकाली जनसेवा मा.वि.का ७८ जना विद्यार्थी तथा शिक्षक लगायतको उपस्थिति रहेको थियो । संस्थाले नजिकै रहेको जनसेवा मा.वि. लगायत अन्य वडामा कार्यक्रम संञ्चालन हुने संस्थाले जनाएको छ । भीमदत्तका सबै वडामा कार्यक्रम सम्पन्न भए पश्चात नगर स्तरमा कार्यक्रम सञ्चालन हुने छ । आयोजक संस्था कार्यक्रम सञ्चालन गर्न गृह मन्त्रालय र भीमदत्त नगरपालिकामा समेत सुचिकृत रहेको छ।







