कञ्चनपुर : कञ्चनपुर जिल्लाका विभिन्न स्थानिय तहमा कार्यरत कर्मचारीहरुको भेला शनिबारका दिन कृषि ज्ञान केन्द्रमा बसी आउदे गरेको एकृकित निजामती सेवा ऐनका बारेमा विभिन्न मागँहरुको सम्बोधनका निमित सर्घष समितिको गठन भएको छ। कञ्चनपुर जिल्लाका विभिन्न स्थानित तहमा कार्यरत र प्रदेश सरकारका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको उपस्थितीमा सघर्ष समितिको गठन गरिएको हो ।

दोधारा चाँदनी नगरपालिकाका कर्मचारी गोबिन्द ऐरको संयोजकत्वमा समिति गठन गरिएको कुरा बेलौरी नगरपालिकाका कर्मचारी अमित प्रसाद भट्टले बताउनु भयो ।आउदै गरेको संघिय निजामति सेवा ऐनमा स्थानिय तहमा कार्यरत कर्मचारी र समायोजन भएर प्रदेश सरकारका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि यतोचित सम्बोधन हुने गरेर एकिकृत निजामति सेवा ऐन जारी गर्नु पर्ने वहाँहरुको माँग रहेको छ । यसै सन्दर्भमा आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत रहेको छ ।

देश व्यापीरुपमा पालिका स्तरीय सघर्ष समिति गठनगरी जिल्ला स्तरमा समेत सघर्ष समिति गठन गर्ने र सबै कर्मचारीलाई समानता हुने खालको ऐन नआएमा चरण बद्ध आन्दोलनमा जाने समेत वहाँहरुको भनाई रहेको छ । कञ्चनपुर जिल्लाका सबै पालिकाका र प्रदेश सरकारका कार्यलयका कर्मचारीको आजको भेलाले प्रत्येक पालिका बाट दुई जना कर्मचारी छनौट गरी पालिका स्थित अरु कर्मचारीलाई समेत एकता बद्ध गर्ने निर्णय पनि गरेको छ ।

