कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका रडाह गाँउमा महायज्ञ शुरु भएको छ । शनिबारदेखि बेदकोट नगरपालिका १रडाहामा रहेको त्रिमूर्ति सिद्धबैजनाथ मन्दिरमा महायज्ञ शुरु भएको हो । त्रिमूर्ति सिद्धबैजनाथ धनधान्याञ्चल श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ ०८०को बेदकोट नगरपालिका प्रमुख भोजराज बोहराले उद्घाटन गर्नुभयो । महायज्ञ उद्घाटन गर्दै मेयर बोहराले महायज्ञबाट असल मानिस बन्नुपर्ने, संस्कारको विकासमा जोडदिए ।

त्रिमूर्ति सिद्धबैजनाथ धनधान्याञ्चल श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञका प्रबन्धक शास्त्री पुष्पराज जोशीले धर्म संस्कृति संरक्षणका साथै मन्दिरको बृद्धि विकासका लागि यज्ञ संचालन गरिएको बताए । उनका अनुसार यज्ञबाट संकलन भएको स्रोतलाई मन्दिरको भौतिक संरचना निर्माण गरिनेछ । प्रबन्धक जोशीले आफुले देशभरी १०८स्थानमा महायज्ञ संचालन गर्ने समेत घोषणा गरेका छन । त्रिमूर्ति सिद्धबैजनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष भरत विष्टले मन्दिरमा आवश्यक संरचना नहुँदा यज्ञबाट आएको सहयोगले बनाईने बताए ।

अध्यक्ष विष्टका अनुसार मन्दिरसंग ९ कट्टा १० धुर जमिन रहेको छ । महायज्ञमा राष्ट्रिय कथा बाचक टेकराज पाण्डेय प्रमुख कथाबाचक सहित अन्य कलाबारबाट संगितमय महायंज्ञ संचालन गरिनेछ । सात दिनसम्म संचालन हुने महायज्ञमा अन्न,तुला,नगद तथा भौतिक दान सहितका धार्मिक गतिबिधी एव योग समेत संचालन गरिनेछ ।







