कञ्चनपुरमा कोड फेस्ट २०८० प्रतियोगिता सम्पन्न


प्रकाश भट्ट/कञ्चनपुर : कञ्चनपुरमा कोड फेस्ट २०८० प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार भीमदत्त नगरपालिका १ भासी स्थित रहेको ब्रिक्सटन कलेजको हलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो। कोड फर चेन्जको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगितामा कैलाली र कञ्चनपुरका आईटी कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो।  प्रतियोगितामा कञ्चनपुरको जनज्योति क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय, ब्रिक्सटन कलेज, सिद्धनाथ विज्ञान क्याम्पस र कैलालीको नास्ट कलेजले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगीताबाट कैलालीको नास्ट कलेज उत्कृष्ट छनौट हुन सफल भएको छ। कोड फर चेन्जका सुदूरपश्चिम प्रदेशका लिडर चन्द्र मोहन भट्टका अनुसार सन् २०१८ मा संस्था सञ्चालनमा आएपछि कोड फर चेन्जले यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिरहेको बताएका छन्।

आईटीका विद्यार्थीलाई आफूले सिकेका नवीनतम प्रविधिको व्यावहारिक अनुप्रयोग प्रदर्शनसँगै एक्सपोजर अवसर प्रदानको उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको भट्टले बताएका छन्। उनका अनुसार  सात थिम गुड हेल्थ एण्ड वेल बीईङ्ग, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटी, ईण्डस्ट्रि इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड ष्ट्रोङ्ग इन्स्टिच्युसनमा आधारित रहेर कुनै किसिमका समाधान सुझाउने गरी गरिने प्रोजेक्टहरूलाई छानी र विद्यार्थीहरू बीच प्रतिष्पर्धा गराई उत्कृष्ट टिमहरूलाई विशेष पुरस्कार सहित विभिन्न ठाउँमा अवसर प्रदान गरिन्छ ।

प्रतियोगिताबाट उत्कृष्ट छानिएको नाष्ट कलेज धनगढीको टिम अक्टोबर ९, १० र ११ मा काठमाण्डौमा हुने कोड फर चेन्जको राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भट्टले बताएका छन्। कोड फेस्ट २०२३ सुदूरपश्चिम प्रदेश आईडियाथनको शीर्षक प्रायोजकमा आईटी जोन कम्प्युटर  रहेको थियो भने गोल्ड स्पोन्सरमा नीम इन्फोसिस र आरसीआईटी  रहेको थियो। यसै गरि थुप्रै सहयोगी प्रायोजकहरूले उक्त कार्यक्रमको आयोजना गर्न  सहयोग गरेको कोड फर चेन्जका सुदूरपश्चिम प्रदेशका लिडर भट्टले बताए।


Loading Viewer...

ताजा समाचार

spot_img