महेन्द्रनगर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ लाई राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यसमिति बेलडाँडी गाउँ पालिकाले ज्ञापनपत्र बुझाएको छ।

बिहिवार राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यसमिति बेलडाँडी गाउँपालिका अध्यक्ष प्रेम सिंह साउँद लगायतको कार्यसमिति कार्यकर्ताले ८ बुदे ज्ञापनपत्र बुझाएको बेलडाँडिका स्थानीय समाजसेवी युवा नेता लोकेन्द्र शाह(पुन्टु) ले बताउनु भयो।

उनका अनुसार , बेलडाँडिमा रहेका विभिन्न समस्यहरु गौ बंस रक्षा तथा गौशालाको रेखदेख, हुलाकी रोड, शिबनगर देखि बेलडाँडी सम्मको आर सि सि रोड, आरक्ष पिडित, सुकुम्बासी भूमिहिन, भारत बाट आउने फेरिवालाहरु, फोहोर व्यवस्थापन र पन्ध्र सैया अस्पताल लगायत लाई मध्यनजर गर्दै काम कार्वाही गर्न गराउन अनुरोधका साथ ज्ञापनपत्र बुझाएको हो।







