दश दिनमे सशस्त्र प्रहरीद्वारा साढे तेह्रलाख बढिको अवैध समान बरामद


कञ्चनपुर : कञ्चनपुरमा सशस्त्र प्रहरीले दश दिनको अवधिमा साढे तेह्रलाख बढिको अवैध समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गण र गण मातहतका रहेका बिओपीहरुले दश दिनको अवधिमा १३लाख, ८७ हजार बराबरको अवैध समान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति प्रेम बहादुर रावलले २३ भदौँदेखि १ असोजसम्मको अवधिमा जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार चोरीछली गरेर ल्याएका समान बरामद गरेर भन्सार चलान गरिएको बताए । सशस्त्र प्रहरीका एसपी रावलका अनुसार भारतबाट मलखाद, चिनी, किराना पसलका समान सहितका अवैध समान बरामद गरेर भन्सार चलान गरिएको बताए ।

अवैध समान बरामद गरिएको र प्रतिबन्धीत कुखुरा, अण्डा, चिसो पदार्थ सहित म्याद गुज्रिएका समान सरोकारवालाको उपस्थितिमा नष्ट गरिएको बताए । गत बर्ष मात्रै सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्रिएको झण्डै ३ करोड भन्दा बढिको अवैध समान बरामद गरेको थियो । यसरी भारतबाट गैर कानुनी रुपमा भित्र्राउन लागेका अवैध समान सशस्त्र प्रहरीले बरामद गर्न थालेपछी तस्कर सशस्त्र प्रहरी देखेर त्रसित भएका छन ।


ताजा समाचार

spot_img