कञ्चनपुर : कञ्चनपुरको शैक्षिक तालिम केन्द्रमान तिजको शुभकामना आदान प्रदान कार्यक्तम राखिएको छ । शैक्षिक तालिम केन्द्रको आयोजननमा शुभकामना आदान प्रदान कार्यक्तम राखिएको हो । शैक्षिक तालिम केन्द्र महेन्द्रनगरका प्रशासनक सहायक मदनराज जोशीले हिन्दु महिलाको महान पर्व तिजको अवसरमा शुभकामना आदान प्रदान गरिएको बताए ।

कार्यक्रममा शैक्षिक तालिम केन्द्रका रोष्टर प्रशिक्षक ललित सिंह साउद, हरि राज विष्ट, भवानी प्रसाद पन्त, पृथ्वी राज भट्ट , उद्धव ठागुन्ना, डबल बहादुर विष्ट, तपेन्द्र प्रसाद भट्ट, सरस्वती भाट भोजराज भट्ट, कृष्णानन्द भट्ट, नव राज पन्त, परमानन्द नाथ, सुरेन्द्र सिंह साउद, ओम प्रकाश जोशी, प्रेम प्रकाश जोशीले तिजलाई साँस्कृत संरक्षण केन्द्रीत मनाउनुपर्नेमा जोडदिएका थिए ।

महेन्द्रनगर माध्यामिक विद्यालयका अध्यक्ष बिरेन्द्रराज विष्टको अध्यक्षतामा भएको कार्यक्तममा कञ्चनपुर शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिपकराज कलौनी रहेका थिए । शुभकामना आदानप्रदानका साथै सुदूरको लोक संस्कृति देउडा खेल समेत खेलिएको थियो ।







