कञ्चनपुर: भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रीको मान्छेदेखि प्रमुख भनेर फोन तथा समाजिक सञ्जाल मार्फत रकमदेखि जिन्सी समान मागिरहेको गुनासो आएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दैै मन्त्रीको निजी सचिव, स्वकीय सचिव, लगायत मातहतका कार्यालयको प्रमुख भनी ९८५११७३३१८ नम्बरको फोन, समाजिक सञ्जाल प्रयोग गरेर स्थानीय तहको कृषि विकास शाखा, पशु सेवा शाखामा फोन गरी अनैतिक व्यवहारिक र भ्रष्ट नियतले रकम तथा निजी समाग्री संकलनको माग अघि सारेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीका प्रमुख स्वकीय सचिव नवीन थापाद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा नगद तथा जिन्सी समान माग गरेको सुनिएकोले अब उपरान्त यस्तो कुनै फोन वा म्यासेज आएको सर्तक रहन आब्हान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार मा नागरिक उन्मुक्ति पार्टी सहभागी हुनु भन्दा अगाडि देखि नै एउटा गिरोह स्थानीय पालिका सङ पैसा उठाउन सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गराएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, उक्त गिरोह लाई प्रहरी ले खोजी गरिसकेको छ, तर फरार भएको छ। तत्काल उक्त व्यक्ति लाई समातेर तुरुन्तै कार्वाही गर्ने तयारी मा प्रहरी रहेको छ।
फोन माथि अनुसन्धान गरेर सम्बन्धीत व्यक्ति पहिचान गर्न समेत मातहतका कार्यालयलाई विज्ञप्ती मार्फत आब्हान गरिएके छ । प्रदेश, मन्त्रालय तथा आफ्नो कार्यप्रति यस सचिवालयका हरेक व्यक्ति जिम्मेबार रहेको र यस्ता कुनै पनि कार्यमा संलग्न नभएको जनाईएको छ ।






