मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले भव्यताका साथ सम्पन्न गर्यो स्वागत कार्यक्रम


प्रकाश भट्ट/कञ्चनपुर : कञ्चनपुरको मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका १८ जानकीटोलमा रहेको मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले शनिबार एक कार्यक्रमको आयोजना गरी कक्षा ११ भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको हो। उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव बहादुर चन्दको अध्यक्षता रहेको थियो भने सुदुरपश्चिम विश्वविद्यालयका केन्द्रिय शिक्षाशास्त्र विभागका प्रमुख अर्जुन सिंह नेगीको प्रमुख आतिथ्य रहेको थियो। विशिष्ट अतिथीमा एन-प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकर राज जोशी, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार भोजराज भट्ट र ईश्वरी प्रसाद जोशी रहनु भएका थिए ।
नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विद्यालयका प्राचार्य बलदेव भट्टले पछिल्लो समयमा मर्निङ ग्लोरी मेहनेती, इमान्दार र जेहेन्दार विद्यार्थीको रोजाई बन्दै गएकोमा खुशी व्यक्त गर्दै भन्नुभयो ‘विद्यालयले अनावश्यक भिड भन्दा नि समाज, घरपरिवार र रास्ट्रलाई आवस्यक जनशक्ति उत्पादन गर्नमा जोड दिनेछ।’ कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दले विद्यार्थीलाई स्वागत गर्दै विद्यार्थीहरुले जुन विश्वास गरेर मर्निङ ग्लोरी रोजेका छन् त्यो विश्वासलाई कहिल्यै डगमगाउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा सुदुरपश्चिम विश्वविद्यालयका केन्द्रिय शिक्षाशास्त्र विभागका प्रमुख अर्जुन सिंह नेगीले मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले विद्यार्थीको उज्जवल भविष्यको तयारीका साथ अगाडी जाने विश्वास व्यक्त गरेका छन्। विद्यालयका एकेडेमिक सहजकर्ता पृथ्वी राज भट्टले सञ्चालन गरेको उक्त कार्यक्रममा ४५० जना भन्दा बढी विद्यार्थी तथा विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो।

ताजा समाचार

spot_img