कञ्चनपुरमा सहयात्रा नेपालले मनायो तिज विशेष कार्यक्रम

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले तिज विशेष शुभकामना आदानप्रदान संगै डान्स प्रतियोगिता, निमा चौधरी प्रथम


कञ्चनपुर: जिल्लाको महेन्द्रनगरमा सहयात्रा नेपालले तिज विशेष कार्यक्रम मनाएको छ।

जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित होटेल ओपेरामा सहयात्रा नेपालले नेपाली दिदिबहिनीहरुको महान चाड हरितालिका रूपमा मनाईने समानता र समाबेशी सहित योनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय विशेष हरितालिका तिज विशेष मिलन दर खाने कार्यक्रम २०८० को आयोजना गरेको सहयात्रा नेपालका अध्यक्ष राजु लामा बताउनु भयो।तिज विशेष कार्यक्रममा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय र अन्य विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि लगायतको उपस्थितिमा तिज विशेष एक कार्यक्रम बिच शुभकामना आदानप्रदान सहित दर समेत खाने कार्यक्रम आयोजना गरिएको अध्यक्ष लामाले बताए।उक्त तिज विशेष कार्यक्रममा डान्स प्रतिस्पर्धा समेत राखेको थियो। जसमा प्रथम निमा चौधरी , दोस्रो आरती सुनार र तेस्रो स्थान अनिल सुनार भएको थियो। उनिहरु लाई उपहार दिएको थियो।भने छनोटका लागि निर्णायक मण्डलमा धनबहादुर चौधरी , आशिका चौधरी र तारा बि.क रहनु भएको थियो।कार्यक्रममा निमन्त्रणा लाई सहजै ग्रहण गर्दै उपस्थिति सम्पुर्ण संघसंस्थाका प्रतिनिधि सबैलाई हृदय देखी नै हार्दिक कृतज्ञताका साथै धन्यवाद समेत दिएको छ।


ताजा समाचार

spot_img