कञ्चनपुर ः ५९ औं राष्ट्रिय बालदिवसका अवसरमा शुक्लाफाँटा नगरपालिका १० झलारीमा नेपाल विद्यार्थी संघले शुक्रवार आयोजना गरेको हाजिरी जवाफ प्रतियोगिताका सहभागीहरुलाई पुरुस्कार वितरण गरिएको छ ।
नगरपालिका क्षेत्र भित्रका २२ वटा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी हाजिरी जवाफ प्रतियोगितामा सहभागी भएका थिए ।
प्रतियोगितमा प्रथम हुने जनजाग्रती माध्यमिक विद्यालयका छात्र सोम बहादुर जोशी, छात्र कविता कार्कि द्वितिय हुने वेष्टप्वाईन्ट बोर्डिङ्ग स्कुलका छात्रा तृप्ती जोशी, छात्र अभय अबस्थी र तृतिय हुने बेणेश्व स्टार बोर्डिङ स्कुलका छात्र नविन पनेरु, छात्रा निशा जोशी रहेका छन ।
प्रतियोगितमा सहभागी प्रथम, द्वितिय र तृतिय हुने छात्र छात्रालाई नगद पुरुस्कार, प्रमाण पत्र र डायरी प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्यार्थी संघका कञ्चनपुर सभापती रमेश चटौत, विशिष्ट अतिथि नगर उप प्रमुख कल्पना पन्त, वडा अध्यक्ष रमेश बहादुर ऐरले संयुक्त रुपमा पुरुस्कार, प्रमाण पत्र र डायरी प्रदान गर्नु भएको छ ।
कार्यक्रमको सभापतित्व नेपाल विद्यार्थी संघका नगर सभापती रमेश बहादुर रावलले गर्नु भएको थियो ।
कार्यक्रम सञ्चालन बसन्त राज जोशीले गरेका थिए । कार्यक्रमा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, कृष्ण बैजनाथ बहुमुखि क्याम्पसका स्ववियुका पदाधिकारी,शुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।







