महाकाली सिँचाइ प्रणाली जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको १० औं बार्षिक साधारणसभा सम्पन्न


कञ्चनपुर : महाकाली सिँचाइ प्रणाली जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको १० औंबार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त कार्यक्रममा संघिय सांसद रमेश लेखकले सिचाई ब्यवस्थापनमा आवश्यक बजेट विनियोजनको लागि पहलकदमी गर्ने बताए।

उनले भने संस्थागत रुपमा आउनु होला बर्तमान सरकारलाइ घच घच्याउने मेरो जिम्मेवारी भो, किसानलाई समयमै सिचाई सुविधा उपलब्ध गराउन सबैको भुमिका रहेको बताए। महाकाली सिँचाइ प्रणाली जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिका अध्यक्ष गंगा दत्त भट्ट को सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा संघिय सांसद रमेश लेखक प्रमुख अतिथि रहनु भएको थियो ।

उक्त कार्यक्रममा सुदूर पश्चिम प्रदेश सभा सदस्य मधु भारती, जिल्ला समन्वय समिति प्रमुख दुर्गा बोहरा, जल उपभोक्ता महासंघ केन्द्रीय सचिव गुणदेव पन्त लगायतको उपस्थिती रहेको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img