मंगलबार धनगढीमा समाजवादी मोर्चाको सभा


कञ्चनपुर : चार दलिय समाजवादी मोचा नेपालको मंगलबार कैलालीको धनगढीमा सन्देश सभा हुँदैछ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पाटी(नेकपा विप्लव), जनता समाजवादी पार्टी सम्मिलित रहेको चार दलिय समाजवादी मोर्चाले सन्देश सभा हुन लागेको हो ।

मंलबार दिउँसो १२ बजेदेखि सौरार्इृ पाटी पैलेशमा संयुक्त सन्देश सभा हुन लागेको हो । समाजवादी मोर्चा सुप प्रदेशको संयुक्त सभा हुन लागेको छ । यस अघि १३भदौँमा तय गरिएको समाजवादी मोर्चाको सुप प्रदेशको सभा विवितकारण स्थगित भएको र २६मा आएर हुन लागेको जनाईएको छ । सन्देश सभाको तयारी पुरा भएको चारै दलका नेताहरुले बताएका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ससद ओम विक्रम भाट(सरल)ले सभाको आवश्यक तयारी पुरा भएको बताए ।

नेता सरलका अनुसार सभामा नेकपा माओवादीका केन्द्रीय अध्यक्ष एव प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल,नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव) र जसपाका बरिष्ठ नेता राजेन्द्र श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘केन्द्र र अन्य प्रदेशकै मोडालिटीमा सुप प्रदेशमा समेत समाजवादी मोर्चाको समन्वय समिति निर्माण हुन्छ, ‘उनले भने, ‘शिर्ष नेता तहबाटै सम्बोधन गरेर मोर्चाबारे प्रदेशमा नेता कार्यकर्ताहरुलाई आवश्यक जानकारी गराउँनेछन ।’ यस अघि केन्द्र सहितका अन्य प्रदेशमा सन्देश सभा सम्पन्न गरिएको छ । सुपमा समेत समाजवादी मोर्चाको सन्देश सभा राखिने भएकाले चारै दलका नेता कार्यकर्ताहरुको उपस्थिति रहनेछ । सुप प्रदेशमा नेकपा एकीकृत समाजवादीले व्यवस्थापकीय जिम्मेबारी पाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img