छैठौं संस्करण बेल्डाँडी खुला फुटबल प्रतियोगिता: सिहपाल र बेलौरी नगरपालिका -९ सेमिफाइनल प्रवेश

भोलि प्रतियोगिताका सेमिफाइनलका प्रतिस्पर्धात्मक हुने


कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं.१ मा रहेको अल स्टार युवा क्लब द्धारा आयोजना गरिएको छैठौं बेल्डाँडी खुला फुटबल प्रतियोगितामा आज दुई टिम सेमिफाइनल प्रवेश गरेका छन् ।

यहि भाद्र १८ गते सञ्चालन भएको प्रतियोगिताको सनिवार भएको पहिलो क्वाटर फाइनल खेल अल स्टार युवा क्लब र सिहपाल युवा क्लब बिच भएको थियो। उक्त खेलमा सिहपाल युवा क्लबले अल स्टार युवा क्लब”ए” लाई ४-० गोलको अन्तरले हराउदै सेमिफाइनलको यात्रा तय गरेको छ।

उक्त दिन भएको दोस्रो क्वाटर फाइनल खेल बेलौरी नगरपालिका -९ र एक्सेस मिटपोइन्ट बिचको खेलमा बेलौरी नगरपालिकाले एक्सेस मिटपोइन्ट नआएपछि वाकओभर पाउदै सेमिफाइनल प्रवेश गरेको छ।
सेमिफाइनलका खेल भोलि देखि सुरु हुने आयोजकले जानकारी दिएको छ। आयोजकका अनुसार भोलि पहिलो सेमिफाइनल वाई बि स्टार र सिहपाल युवा क्लब बेल्डाँडी-२ बीच दिउँसो १ बजे हुने छ। भने दोस्रो सेमिफाइनल खेल बेलौरी नगरपालिका-९ र झिलमिला युवा समाज “बि” बिच दिउँसो ३ बजे प्रतिस्पर्धात्मक खेल हुने छन् । उक्त दिनका खेलमा विजेता टिमले प्रतियोगिताको आफ्नो फाइनल यात्रा पक्का गर्नेछन् ।प्रतियोगिताको फाइनल खेल भाद्र २५ गते बिहान ९ बजे हुने छ। विजेता टिमले ७५ हजार ट्रफी ,प्रमाणपत्र, मेड्ल र उपविजेता टिमले ४५ हजार ट्रफी ,प्रमाणपत्र ,मेडलमा चित्तबुझाउने छ। प्रतियोगिताका विभिन्न विधाका खेलाडीले पनि पुरस्कार हात पर्नेछन् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img