फ्लोरिडा इन्टरनेसनल माध्यमिक विद्यालयले संस्थापक स्व.प्रतापराम लोहारको छैठौं स्मृति दिवस मनायो


कञ्चनपुर : फ्लोरिडा इन्टरनेसनल माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष एवम संचालक रहेका स्व.प्रतापराम लोहारको छैठौं स्मृति दिवस मनाएको छ । उहाँको २००० भाद्र २४ गते जन्म भएको थियो भने २०७४ भाद्र २३ गते ७४ वर्षको उमेरमा स्वर्गरोहण भएको थियो ।

स्व.प्रताप राम लोहारको शिक्षा क्षेत्रमा निकै ठुलो योगदान रहेको छ उहाँको समाजसेवामा पनि अग्रपंक्तिमा नाम आउछ । उहाँले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघकाको स्थापना गर्नुका साथै दलित आन्दोलनका अग्रज, बौद्धिक व्यक्तित्व, कुशल राजनीतिज्ञ पनि हुन् ।

पूर्व विज्ञान तथा भौतिक सहायक मन्त्री समेत रहेका स्व.लोहारको सुदूरपश्चिम क्षेत्रका गरिब तथा असाहय बालबालिकालाई शिक्षा प्रदान गर्नमा निकै ठुलो योगदान रहेको छ । उहाँले यस भेगका गरिब असाहय विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्नुको साथै निःशुल्क छात्रवासको पनि व्यवस्था गर्नु भएको थियो ।

सोही अवसरमा आज विद्यालय परिषमा रहेको स्व.लोहारको सालिकमा विद्यालयका शिक्षकहरुले फुल माला आर्पण गर्नुको साथै उनले गरेका कार्यको समझना गरेका छन् ।

‘शिक्षा क्षेत्रमा गरेको उहाँको योगदानलाई यस भेगका सम्पुर्ण अभिभावक, विद्यार्थी र शिक्षकले कहिले पनि नभुल्ने र सधै हाम्रो प्रेरणका स्रोत बन्ने’ विद्यालयका प्राध्यापक जयराज ओझाले बताए ।


ताजा समाचार

spot_img