कञ्चनपुर: कञ्चनपुर जिल्ला बास्केट बल संघको अध्यक्षमा मनोज कुमार सिह चयन भएका छन । बिहीबार जिल्ला बाँस्केट बल संघको भेलाले अध्यक्षमा सिहलाई चयन गरेको हो ।
उपाध्यक्ष रमेश उप्रेती, सचिव सौरब बोहरा, सह सचिव नागेन्द्र उपाध्याय,कोषाध्यक्ष लब सम्राट बम, सदस्य सचिता भट्ट, सागर बुढाऐर, प्रकास चन्द, दिपिका चन्द, निशा चन्द, मुकुन्द्र उप्रेती रहेका छन ।
बाँस्केट बल संघ कञ्चनपुरको नयाँ कार्य समितिलाई कञ्चनपुर खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले बधाई तथा शुभकामना दिदै जिल्लालाई बाँस्केट क्षेत्रमा शिर्ष स्थानमा ल्याउन सुझाव दिएका छन ।






