बडैपुरको सिद्धनाथ माविका विद्यार्थीलाई स्कुले झोला वितरण


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १३ बडैपुरस्थित सिद्धनाथ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । एक कार्यक्तमका विच सिद्धनाथ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल ९पेसवान० ले सोमबार विद्यालयका दुई सय विद्यार्थीलाई झोला वितरण गरेको जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टले विद्यालयका बाल विकासदेखि कक्षा ८ सम्मका विद्यार्थीलाई झोला वितरण गरिएको बताए । कार्यक्रममा रातो रङ्गको झोला छात्र र निलो रङ्गको छात्राहरुलाई वितरण गरिएको छ ।
पेसेवान नेपालका उपाध्यक्ष थापाले कार्यक्रममा शैक्षिक सामग्री सहितको झोलाको बजार मुल्य दुई हजार भन्दा बढी रहेको बताइन् । चाइना फाउन्डेशन नेपालको सहयोगमा पेसवान नेपालले रातो झोला छात्राहरुलाई र निलो झोला छात्रहरुलाई १९ वटा शैक्षिक सामग्री राखेर वितरण गरिएको पेसवानका प्रतिनिधि छत्र देउपाले बताए । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बोहराले कमजोर आर्थिक अवस्था अवस्थाका बालबालिकालाई पठनपाठनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगका लागि आशा व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टले विद्यालयमा अधिकाँश दलित, पिछडिएको वर्ग,विपन्न परिवारका बालबालिका अध्ययनरत भएकाले विद्यार्थीहरुलाई झोला अति उपयोगी भएर शैक्षिक गुणस्तर सुधार सहयोग पुग्ने बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टको अध्यक्षता र भीनपा १३ का वडा अध्यक्ष राम चन्द्र बोहराको प्रमुख आतिथ्यमा गरिएको छ । कार्यक्रममा भीनपा १३ का वडा सदस्य दिपक बुढा, पेसवान नेपालका उपाध्यक्ष पशुपति थापा मगर, विद्यालयका प्रधााध्यापक जय बहादुर बिष्ट लगायत सहभागी भएका छन् ।

Loading Viewer...

ताजा समाचार

spot_img