डा.गोबिन्द केसीले कञ्चनपुरको दोधारा चाँदनीमा स्वास्थ्य सेवा दिदै, हजारौ विरामी लाभान्वित


डिल्लीराज पन्त / कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनीमा डा.गोबिन्द केसीले तीनदिन स्वास्थ्य सेवा दिने भएका छन । आईतवार देखि दोधारा– चाँदनी अस्पतालले आयोजना गर्ने ३ दिने स्वास्थ्य शिबिरमा डा. केसीले निशुल्क स्वास्थ्य सेवा दिने भएका हुन । दोधारा–चाँदनी अस्पतालमा हाल डा. केसीसंगै नगर अस्पतालमा कार्यरत डा. पवन शाह, जयानन्द प्रशाद शाह, आशिक मन्सुरी सहितका चिकित्सक तथा स्वास्थ्यकर्मीले समेत नियमित ओपिडी मार्फत स्वास्थ्य सेवा दिदै आएका छन ।

दोधारा–चाँदनी नगरपालिका —६ का वडाध्यक्ष एव नगर अस्पतालका अध्यक्ष ओम बस्नेतले अर्थोपेडिक सर्जन हार्डजोर्नी तथा नसा रोग विषेशज्ञ डा. केसीले निःशुल्क परामर्स सेवा दिने बताउदै विशेषज्ञ सहितको स्वास्थ्य शिबिरमा हजारौँ स्थानीय लाभान्वित हुने अध्यक्ष बस्नेतको भनाई रहेको छ । डाक्टर केसीले बिरामीलाई निःशुल्क चेकजाच तथा परामर्स दिने र गरिव विपन्न लाई आफैले वोकेर ल्याएको औषधि समेत निशुल्क प्रदान गरिरहेका छन । उलले विशेष गरी दिर्घकालिन हाडजोर्नि तथा नसा सम्वन्धि समस्या भएका विरामिलाई लाई परामर्श तथा औषधि वितरण गरिरहेका हुन । दोधारा चादनी अस्पतालको आयोजनामा र वडा नम्वर ९ का अध्यक्ष ओम वस्नेतको पहलमा थालिएको स्ववास्थ्य शिबिरमा हाड जोर्नी समस्या भएकाहरुका लागी गाउघरमै निशुल्क उपचार र परामर्श पाउदा खुसी लागेकोभन्दै डा. केसिले सहज रुपमा परामर्श दिईरहेका र स्वास्थ्य सिविर वाट हजारौ विरामी लाभान्वित भएको उपचार गर्न आएका ले बताएबा छन ।
राज्यले चिकित्सा स्वास्थ्यमा गरेका दुर दराजका जनतालाई अझैपनी स्वास्थ्य शिक्षा वाट उपेक्षित गरिएका क्षेत्रमा गरिव जनताका छोरा छोरीले पाउनु पर्ने नैशर्गिक अधिकार वाट वन्चित गराएको अवस्थामा आफुले सरकारलाई वारम्वार स्त्याग्रह मार्फत माग गर्दा पनी मागको सुनवाई गर्न नसकिरहेको अवस्था रहेको भन्दै सरकारले चिकित्सा क्षेत्रलाई मेडिकल माफिया लाई सुम्पेको उहाको भनाई रहेको छ ।

आफु ले वारम्वार मेडिकल मापmियाका विरुद्ध पटक पटक सत्याग्रह गर्दा समेत कुनै सरकारले चासो नदेखाएको भन्दै भाद्र २९ गते देखि मेडिकल माफिया विरुद्ध सत्याग्रह गर्ने वताएका छन । दोधाराचाँदनी नगरपालिका —६ का वडाध्यक्ष एव नगर अस्पतालका अध्यक्ष ओम बस्नेत अस्पतालको अध्यक्ष भए पश्चात अस्पतालमा २ वटा उम्बुलेन्स, १ जना विशेषज्ञ डाक्टर सहित ३ जना ले दैनिक सेवा दिईरहेका छन भने प्रसुति सेवा समेत सञ्चालनमा आएको छ । त्यस्तै १० वटा बेड सहित ओपिडि सेवा का साथै रेविज खोपको समेत व्यवस्थापन गरिएको छ। कञ्चनपुर वाट डिल्लीराज पन्तको रिर्पोट


Loading Viewer...

ताजा समाचार

spot_img