राना बिरुद्ध बलात्कारको मुद्दा


कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरका एक युवा नेता बिरुद्धमा बलात्कारको मुद्दा दायर भएको छ । एमाले लालझाडीका प्रभावशाली युवा नेता एव राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेशका सदस्य अमर राना बिरुद्ध बलात्कारको मुद्दा दायर भएको हो । नेता राना बिरुद्धमा एक गाँउकै युवतीले जबरजस्तीकरणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरेकी छिन । युवतीका दाजुले बहिनीमाथि पटक पटक जागिरदिने प्रलोभन देखाएर अमर रानाले बलात्कार गरेपछि न्यायका लागि प्रहरीमा किटानी दिएको बताए । पीडित युवतीका दाजुले एमाले नेतृत्वमा लालझाडी सरकार भएकाले अमरले आफ्नै पार्टीको नेतृत्वमा स्थानीय सरकार भएको र जागिर लगाईदिने भन्दै बलात्कार गर्दै आएको बताए । ‘यस अघि अमरले बहिनीलाई प्रलोभन देखाएर बलात्कार गरेर गर्भ नै राखेका रहेछन, ‘पीडितका दाजुले भने, ‘अहिले त बहिनीको जिन्दगी नै बर्बाद पारिदिए ।’

बहिनीले ढिलोगरी घर परिवारमा बताएपछि सोमबार जिल्ला प्रहरी कार्यालयमा अमर राना बिरुद्धमा किटानी दिएको बताए । गाँउमा अन्य पाटीका युवा नेता कार्यकर्तामाथि अनेकन आरोप लगाउँदै आएका एमाले नेता अमर आफै बलात्कार काण्डमा मुछिएपछि उनको आलोचना भईरहेको छ । गाँउमै दिदिबहिनी सरह किशोरीलाई पार्टी नेतृत्वको सरकारको हुर्मत दिएर यसरी एमाले नेताले यौन शोषण गरेको देखेर स्थानीय समेत त्रसित भएका छन । पीडित किशोरीकी बुवाले गाउँको विवाद गाउँमै समाधान गर्नुपर्छ, बाहिर लैजानुहुन्न भन्दै आफुलाई दवाव दिईरहेको बताए । छोरी माथि भएको जबर्जस्तीकरणी जस्तो जघन्य अपराध गाउँमै मिलाउन हुन्न ,गाउँमै दबाएर राख्न खोजियो भने कालान्तरमा यसले नराम्रो असर पार्ने भन्दै प्रहरीमा उजुरी दिएको बताए । उनले जवरजस्ती करणीबाट आफ्नो छोरीको मानवीय , मनोवैज्ञानिक, शारीरिक, पेशागत, चारित्रिक, बौद्धिक, सामाजिक, आर्थिक लगायत जीवनको विभिन्न पक्षमा परेका दुरगामी असरलाई ध्यानमा राखी निजलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन ।

जिल्ला प्रहरी कार्यालयका तर्फबाट दर्ता गरिएको उक्त मुद्दामा मु्लुकी अपराधसंहितामा जबरजस्ती करणी गरेमा हुने सजायका अतिरिक्त सार्वजनिक पद धारण गरी कसुर गरेको भन्दै थप सजाय हुन सक्ने बताउँदै घटनामा संलग्न आरोपीलाई कानुन बमोजिम कारवाही हुन्छ,दर्ता भएको निवेदनलाई कारवाहीको लागि अगाडि बढाउन लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगीले बताए । जबरजस्तीकरण मुद्दामा कानुनी व्यवस्था यस्तो छ । १० वर्षभन्दा कम उमेरका बालिकालाई जबर्जस्ती करणी गरेमा त्यस लोग्ने मानिसलाई १० वर्षदेखि १५ वर्षसम्म कैद सजायँ हुन्छ । १० वर्ष वा सोभन्दा माथि तर १४ बर्षभन्दा कम उमेरकी बालिकालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मानिसलाई ८ वर्षदेखि १२ वर्षसम्म कैद सजायँ हुन्छ । १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरकी बालिकालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मान्छेलाई ६ बर्षदेखि १० बर्षसम्म कैद सजायँ हुन्छ । १६ बर्षभन्दा बढी र २० बर्षभन्दा कम उमेरकी महिलालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मान्छेलाई ५ बर्षदेखि ८ बर्षसम्म कैद सजाय हुन्छ ।

२० बर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्नेमान्छेलाई ५ बर्षदेखि ७ बर्षसम्म कैद सजाय हुन्छ । महिला अधिकार, नैतिकता र समाजिक विषयको पाठ सिकाउने एमालेले आफ्नै नेता बलात्कार काण्डमा मुछिएपछि के त्यसलाई मुद्दा बनाउँदा वा आचारण विपरित काम गर्ने कार्यकर्ताको संरक्षण गर्दा त्यो भने हेर्न बाँकी छ । यस बारेमा अमर रानालाई उनले प्रयोग गर्ने ९८००६४१३५४ नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नकेन । गाँउकै समाजसेवी एव एमाले प्रभावकारी नेता भएकाले उनलाई फरक दलका नेता मान्छेहरुलाई फसाउन खोजिएको आरोप लगाएका छन । तर, फरक दलका नेता कार्यकर्ताहरुले आफु यौनलालसामा लिप्त हुने एमाले कार्यकर्ताले बाँच्नकै लागि फरक दलमाथि आरोप लगाईरहेको बताईरहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img