महेन्द्रनगर बजार क्षेत्रको शान्ति सुरक्षा चुस्त दुरुस्त पार्छु : वडा प्रहरी इन्चार्ज मल्ल


कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगर वडा प्रहरी कार्यालयका इन्चार्ज याम बहादुर मल्लले बजार सहित आसपासका क्षेत्रको शान्ति सुरक्षामा कटिबद्ध भएको बताएका छन । हालै वडा प्रहरी कार्यालय महेन्द्रनगरको इन्चार्जको जिम्मेबारी पाएका प्रहरी निरीक्षक मल्लले वडाको कार्य क्षेत्रभित्र शान्ति सुरक्षामा कटिबद्ध हुने बताएका हुन ।

आइतबार संचारकर्मीसंग परिचयात्मक कार्यक्रममा इन्चार्ज मल्लले शान्ति सुरक्षामा कटीबद्ध भएर काम गर्ने प्रण गरेका छन । ‘म सकभर बदनामित तथा बेईजति हुने काम गर्दै गर्दैन, ‘उनले भने, ‘जनताको जिउधनको सुरक्षाका लागि हरपल अघि बढ्छु, बदनाम हुने काम गर्दैन ।’ विवादरहित ढङगबाट कामकाज गरेर आफ्नो र संगठनको गरिमा उच्च राख्ने बताए ।


ताजा समाचार

spot_img