कञ्चनपुर: सुदूरपश्चिमेलीहरुको महान गौरा पर्वको अवसरमा कञ्चनपुरको दक्षिणी क्षेत्र रतनपुरमा भेट्रान भलिबल प्रतियोगिता हुने भएको छ । गौराको अवसरमा बेलौरी नगरपालिका ९रतनपुरमा भेट्रान भलिबल प्रतियोगिता तथा देउडा कार्यक्तम हुने भएको हो ।

सिद्धनाथ मन्दिर समितिको आयोजनामा सोमबारदेखि प्रथम भेट्रान भलिबल प्रतियोगिता एव देउडा प्रतियोगिता हुने भएको जनाईएको छ । सिद्धनाथ मन्दिर समितिका सचिव बलदेव भट्टले खेलकुद क्षेत्रको विकास, स्वास्थ्य र सुदूरको देउडाखेल संरक्षणका लागि प्रतियोगिता हुन लागेको बताए ।

प्रतियोगितामा टिम दर्ता भईरहेको छ । प्रतियोगिता बिजेता, उपबिजेता टिमलाई पुरस्कार प्रमाण पत्र प्रदान गरिने छ । उनका अनुसार भलिबल प्रतियोगितासंगै चर्चित देउडा गायक जेआर भट्ट, मञ्जु गिरी सहितका कलाकारको उपस्थितिमा देउडा कार्यक्रम समेत हुनेछ ।







