माओवादीको ‘विशेष रुपान्तरण अभियान’ सुरु

कञ्चनपुर : नेकपा (माओवादी केन्द्र)ले शनिबारदेखि विशेष रुपान्तरण अभियान शुरु गरेको छ । पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गरेको हो ।
माओवादी केन्द्रले एकसाथ सातै प्रदेश, ७७वटै जिल्ला र ७सय ५३ पालिकामा एकसाथ अभियान शुरु गरेको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गरेका छन । अभियान उद्घाटन गर्दै पाटी अध्यक्ष प्रचण्डले मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको बताएका छन । माओवादीको गत साउन तेस्रो साता राजधानीमा बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु¥याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय अनुरुप देशैभरी एकसाथ अभियान संचालन गरिएको छ ।

अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए ।
‘अभियानका क्रममा माओवादी जनताको घरघरमा जानेछ, आसन्न ०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुनेछ,, उनले भने, ‘पार्टी अध्यक्ष प्रचण्डले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन भएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ । अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता संख्या आठ लाख र्पुयाउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।

माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरुलाई अस्थायी बसोबासस्थलमा समेत कार्य क्षेत्र तोकी पठाइसकिएको छ। माओवादीले अध्यक्षसहित २२ केन्द्रीय पदाधिकारीलाई तीन महिने अभियानको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकेको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यक्तम अनुरुप कञ्चनपुरका ९वटै पालिका, सुप प्रदेशका सबै जिल्ला सहित देशैभरी एक साथ अभियान शुरु भएसंगै नेता कार्यकर्ता गाँउबस्तीमा खटिएका छन ।

ताजा समाचार

spot_img