बैजनाथ जिर्बोद्वार मन्दिर समितिका अध्यक्ष विष्टद्वारा पशुपति मन्दिरलाई धार्मिक समाग्री


कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा रहेको बैजनाथ जिर्बोद्वार मन्दिर समितिका अध्यक्ष एव समाजसेवी महिला अगुवा भगवती देवी विष्टले पशुपति मन्दिर काठमाण्डौँलाई धार्मिक समाग्री सहयोग गरेकी छिन ।

बेलौरी नगरपालिका ६ढक्का चाँदर कञ्चनपुर निवासी समाजसेवी महिला अगुवा एव बैजनाथ जिर्बोद्वार मन्दिर समितिका अध्यक्ष विष्टले कोरोना महामारीका बेला पशुपती नाथ मन्दिर काठमाण्डौँलाई धार्मिक बस्तु सहयोग गर्ने संकल्प अनुरुप सहयोग गरेकी हुन ।

१ थान चाँदीको त्रिशुल, १ थान घण्टी, नेजा(ध्वजा) सहितका समाग्री , नगद भेटि सहित सहयोग गरेकी हुन । कोरोना महामारी न्यूनिकरणको संकल्प गरेकी विष्टले अहिले सहयोग गरेकी छिन । उनले मानविय धर्म शान्तिका लागि सो धार्मिक समाजिक काम गरेको बताएकी छिन ।


Loading Viewer...

ताजा समाचार

spot_img