बेल्डाँडीका युवाहरूले गरे हुलाकी सडक बन्द


कल्पना साउद /कञ्चनपुर : कञ्चनपुरको बेल्डाँडी–दैजी हुलाकी सडक बेल्डाँडीका युवाहरूको समूहले बन्द गरेका छन्।हुलाकी सडक निर्माण ठेकेदारको लापरबाहीले सडकमा भएका खाल्डाखुल्डीको कारणले दिन प्रतिदिन दूर्घटना बढ्दै जाँदा युवाहरूको समूहले हुलाकी सडक बन्द गरेको हो ।

मंगलबा। दिउँसो बेल्डाँडीकै २२ वर्षीय युवक सुनिल सार्कीको मोटरसाईकल हुलाकी सडकको खाल्डोमा पारेर दुर्घटना हुँदा मृत्यु भएको थियो । हुलाकी राजमार्ग निर्माणको लागि सम्बन्धित निकाय सम्म ध्यानाकर्षण गराउने उद्देश्यले सडकमा भएका खाल्डाखुल्डी पुरी ग्राभेल गर्न र गुणस्तरीय कालोपत्रे गर्न माग गर्दै बुधबार बेल्डाँडीका युवाहरू आन्दोलित भएका छन्।

बिहानै युवाहरूले सडकमा ढुङ्गा तेर्साएर बाटो बन्द गरेका छन् जसले गर्दा हुलाकी सडक भएर ओहोरदोहोर गर्ने आमनागरिकले सास्ती खेप्नुपरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img