कञ्चनपुर : सोमवार बसेको बागेश्वरी असल शासन क्लब (बास) नेपाल कञ्चनपुर शाखाको बैठकले जिल्ला शाखा पुनर्गठन गरिएको छ । एक कार्यक्रमका बिच उक्त शाखा पुनर्गठन गरिएको हो । जिल्ला शाखाका अध्यक्ष चक्र प्रसाद पन्त सर्वसम्मत चयन भएका छन । त्यसैगरी शाखाका उपाध्यक्ष कृष्ण सिह धामी सचिवमा द्रोपती जोशी, सहसचिव आशीष बोहरा , कोशाध्यक्ष राधिका उपाध्याय, सदस्यहरुमा ममता तिरुवा, मनिशा ओली, रेणु पार्की, विमला शाही, दिप प्रकाश भट्ट, विरेन्द्र सिंह, मनिशा पार्की सर्वसम्मत चयन गरिएको छ ।

विगत २२ बर्षदेखि सामाजिक रुपान्तरणका लागि क्रियाशील राष्ट्रिय गैर सरकारी संस्था वि.स २०५७ साल मंसीर २४ गते स्थापना भएकाे संस्थाको केन्द्रीय कार्यालय नेपालगन्ज रहेको छ । अहिले देशका सबै प्रदेश स्तरमा प्रदेश कार्यालय , ७७ वटै जिल्लामा जिल्ला शाखा, तथा सयौं इकाईहरु रहेका छन । बागेश्वरी असल शासन क्लब नेपालको छोटकरी रुप बास नेपाल हो । जसले सामाजिक जवाफदेहिता, व्यक्तित्व विकास, भ्रष्टाचार विरुद्धको अभियान, सार्वजनिक सेवा प्रवाहमा नागरिकको पहुँच वृद्धि गर्ने,भ्रष्टाचार विरुद्ध जनमत सृजना गर्ने, भ्रष्टाचार गर्ने व्यक्ति र निकाय विरुद्ध कानुनी शुन्य सहनशीलता कायम गरिने अध्यक्ष पन्तको भनाई थियो ।
उनका अनुसार भ्रष्टाचारमुक्त समुन्नत समाज निर्माण गर्ने,जनसहभागितालाई वृद्धि गर्ने,पारदर्शीता र जबाफदेहिता विकासका लागि काम गरिने छ । सङ्घीयतापछि स्थानीय तथा प्रदेश सरकारको कार्यशैलीबाट नागरिक असन्तुष्ट छन् । भ्रष्टाचार पनि उत्तिकै बढेको गुनासो छ । तर नागरिक सचेत नभएसम्म भ्रष्टाचार नरोकिने र नागरिकको सचेतना बिना आर्थिक सुशासन कायम र भ्रष्टाचार निवारण असम्भव रहेको उल्लेख गर्नुभयो । म भ्रष्टाचार गर्दिन , गर्नपनि दिन्न भन्नुहुदै उहाले सामाजिक कार्यमा सहकार्य गर्न सबै जनसमुदायहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै बास नेपाल कञ्चनपुर शाखाका निवर्तमान अध्यक्ष पुष्कर राज पन्तले “एउटा कुनै व्यक्ति र संस्थाले चाहेर भ्रष्टाचार रोकिदैन् । सबै संयन्त्र चुस्त हुनुपर्छ । नागरिक सचेत बन्नुपर्छ । विकासमा हुने आर्थिक भ्रष्टाचार निवारण तर्फमात्र नभई सेवा प्रवाहमा हुने भ्रष्टाचार र ढिलासुस्तीका विरुद्धमा नागरिक सचेत हुन जरुरी छ । कार्यक्रममा बोल्नुहुँदै निवर्तमान अध्यक्ष पन्तले आफ्नो कार्यकाल सफल, फलदायी र उपलब्धिमूलक रहेको कुरा सबैमा स्मरण गराउनु भयो ।

समग्रमा मुलुकमा बढेको आर्थिक संकट,बजारमा बढेको कालो बजारी,विकासमा भएको मनपरी,सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती सबै भ्रष्टाचारका कारक हुन् । नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन र आर्थिक सुशासन कायम गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्न नागरिक अगुवा,प्रशासन सहित सबै संयन्त्रबीच क्रियाशील एकता हुनपर्छ भन्ने कुरामा सबै सदस्यको एक मत थियो ।






