दोधारा । दोधारा चाँदनीका वडाध्यक्ष खत्रीले साताब्यापी सरसफाई अभियान सुरु गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले वडामा रहेका सडक सरसफाई अभियानको संचालन गरेका हुन् । वडाध्यक्ष खत्रीले वडाका सडकहरुलाई सरसफाई गर्ने कार्यमा तल्लीन देखिएका छन् । साताको शनिवार वडामा रहेका सडकहरुमा सरसफाई कार्य अघि बढाउदै जाने वडाध्यक्ष केशव खत्रीले बताए । आज आफ्नो वडाको माननिय चौराह देखि ईलाका प्रहरी कार्यालय सम्म झण्डै २ किलोमिटर मुल सडक खण्ड सरसफाई गरिएको उनले बताएका छन् । सडकमा ब्यग्रल्ती उम्रेका झाँरपात तथा रुखलाई सफाई गर्ने कार्यमा बिहानै देखी स्थानियहरु, सुरक्षाकर्मी, बिभिन्न संघ–संस्थाहरुलाई साथ लिएर बृहत सरसफाई अभियानमा वडाध्यक्ष उत्रेका हुन् । वडामा रहेको सडकहरुमा झाँडी तथा फोहरले सडक दुर्घटना तथा डेंगु जस्ता रोग न्युनिकरण गर्नको लागी वडाका सडकहरु सफा सुग्घर बनाउने काममा वडाध्यक्ष खत्री लागिपरेका छन् । वडाध्यक्ष खत्रीले आफ्नो वडाको सरसफाईमा तदारुक्ता देखाएका छन् । वडाको सरसफाईलाई मध्यनजर गर्दै वडाध्यक्ष खत्रीले एक वर्ष अघि पनि वडाको सडकहरुमा बृहत सरसफाई अभियानलाई अघि बढाएका थिए ।

वडाध्यक्षले थालेको सरसफाई अभियानको प्रशंसा गर्दै स्थानिय युवा तमान सिंह गुरुङ्गले दोधारा चाादनी नगरपालिका सबै वडाहरुले वडा नं. ५ का वडाध्यक्षले थालेको बृहत सरसफाई बाट पाठ सिक्नु पर्ने बताए । बिगत देखि सामाजिक कार्यमा तल्लीन देखिएका वडाध्यक्ष खत्रीले थालेको सरसफाई अभियान समय सान्द्रभिक रहेको गुरुङ्गले बताए । स्थानियबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिभिन्न संघ–संस्थाहरुको सहभागितामा आज देखि वडा नं. ५ मा बृहत सरसफाई अभियान संचालन गरेको बताईएको छ् ।

दुर्घटना न्युनिकरण, स्वास्थ्य, सरसफाई तथा हरियालीलाई जोड दिदै वडाको बृहत सरसफाई अभियानलाई अगाडी बढाईएको वडाध्यक्षन केशव खत्रीले बताएका छन् । वडाध्यक्ष खत्रीले नेतृत्व गरेका सरसफाई अभियान बिना बजेट स्फुर्तरुपमा स्थानियहरुको सहभागिता रहेको नेपाली काग्रेंसका नेता महेन्द्र बिष्टले बताएका छन् ।

सरसफाई अभियान उत्साहित तथा प्रशंनिय रहेको नेता बिष्टले बताए । दोधारा चाँदनी नगरपालिकाका सबै वडामा यस्ता खाले अभियान थाल्नु पर्ने स्थानियहरुले बताउदै आएका छन् ।
