गौरा पर्वको उपलक्ष्यमा डेउडाको आयोजना


कञ्चनपुरः सुदूरपश्चिमेलीहरुको परम्परागत रुपमा मनाइने गौरा पर्वको अवसरमा देउडा खेलको आयोजना गरिएको छ । ग्वाल्लेक नागार्जुन समाजले आयोजना गरेको डेउडा ८ गते देखि १२ गते सम्म चल्ने छ । डेउडा खेल भीनपा–४ शिवधाममा खेलिने छ । डेउडामा सहभागी हुने सबैलाई समापनको दिन दोसल्लाका साथै प्रमाण पत्र दिएर सम्मान गरिने । ग्वाल्लेक नागार्जुन समाजका संयोजक गौरी दत्त जोशीले बताए ।

सुदूरपश्चिमेलीहरुको सबै भन्द ठुलो पर्वको रुपमा रहेको गौरा पर्वलाई वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहलले राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिबद्धता गरेका छन् ।

आज भएको डेउडा खेलको समुद्दघाटनका सभापति ग्वाल्लेक नागार्जुन समाजका सल्लाहकार दशरथ जोशी, प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी विशिष्ट अतिथीमा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा शिवधाम क्षेत्र विकास समितिका अध्यक्ष हेम विक्रम थापा रहेका थिए। कार्यक्रम सञ्चालन रमेश पन्त (मितबन्धु)ले गर्नु भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img