कञ्चनपुर: शनिबार कञ्चनपुरको महेन्द्रनगर पुरानो बसपार्कमा त्रिपीत चौधरीको घरमा आगजनी भएपछि उक्त घरमा बस्दै आएका गणेश रतला जोशी परिवारको विचल्ली भएको छ । स्थानीय त्रिपीत चौधरीको घर जलेर पुर्ण नष्ट भएको छ । महाकाली मिष्ठान भण्डारका महेन्द्रनगरका व्यवसायी त्रिपीत चौधरीको घरमा बस्दै आएका गणेश रतला जोशीको परिवार विचल्ली भएको छ, । चौधरीको घरमा रहेका सम्पुर्ण सामग्री जलेर नष्ट भएका छन । खाना पकाउने भेरी कम्पनीको ग्याँस लिक हुँदा घरमा आगजनी भएको थियो । जोशी परिवार सहयोगीको रुपमा चौधरीको घरमा बस्दै आएर थिए । सेफर अस्पताल अगाडी ठेलामा मःम व्यवसाय गर्दै आएका जोशीको जमिन खरिद गर्ने रकमदेखि व्यवसायिक भाँडाकुडा सहितका समाग्री जलेर नष्ट भएका छन । गणेश रतला जोशीकी धर्मपत्नी कालिका जोशीले आगलागी हुँदा जमिन खरिद गर्ने हालै पहाडको जमिन बेचेर लयाएको ६ लाख नगद सहित २ तोला सुन, प्याज काट्ने मेसिन, पङखा, कुलर, दराज, लत्ता कपडा फोन, तीन सन्तानका कपडा, किताब, स्टेशनरी, टेबुल, कुर्सी सहितका समाग्री जलेर नष्ट भएका छन ।

जोशी दाम्पत्तीका तीन सन्तान विनिता जोशी कक्षा ४, बेविना जोशी कक्षा ३ र हिमान्सु जोशी शिशुमा महेन्द्रनगरको ईन्टरनेशनल स्कुलमा अध्ययनरत छन । ‘आगलागी हुँदा छोरी बेबिना जोशी माथिल्लो तलामा थिईन, झ्यालबाट हाम फालेर बाँचिन, ‘उनले भनिन, ‘आगलागी भएपछि हाम्रो परिवार चौपट भएको छ, अहिले घर जलेर पुर्ण नष्ट भएको छ, हामी विचल्लीमै परेका छौँ, कतैबाट न राहत न आश्वासन आएको छ ।’ उनले भएको खाद्यान्न, कपडा सहितको समाग्री जलेर नष्ट भएपछि अत्यन्र्तै समस्यामा परेको दुखेसो पोखिन् । उनलले गहभरी आँशु निकालेर जनक्रान्तिलाई बताईन ‘गरिबका लागि कोही नहुनेरहेछ, भगवान पनि गरिबलाई नै पीडा दिने रहेछन ।’ उनले राजनीतिक दल, जनप्रतिनिधी र सरोकारवालासंग सहयोगको अपिल गरेकी छिन । आगलागीबाट त्रिपीत चौधरीको घरमा रहेका समाग्री नष्ट र विद्युत मिटर तार सहितका विवित सामग्री समेत जलेर नष्ट भएको छ ।

त्रिपीत चौधरीका छोरा रामएवाल चौधरीले घरभित्र रहेको पुरै काठ जलेर नष्ट भएको बताए । आगलागीबाट २ खाट, बाकस, काउण्टर, कपडा, किताब, टिभि, भाँडाकुडा, २ दराज सहितका समाग्री जलेर पुर्ण नष्ट भएको बताए । ‘घर जलेर हाम्रो जिवनभरकै कमाई मिनेटमै खरानीमा परिणत भयो, ‘उनले भने, ‘हाम्रो घरमा बस्दै आएका जोशी परिवारको समेत विचल्ली भएको छ, यहाँ मानविय सहयोगी हातहरुको खाँचो छ ।’ उनले झण्डै तीन लाख बराबरको काठ सहितको समाग्री नष्ट भएको बताए । धरधनी चौधरीले राहत सहयोगका लागि सरकारी तथा गैर सरकारी निकायसंग सहयोगको अपिल गरेका छन ।







