कञ्चनपुर : सुदूरपश्चिम प्रदेश ‘कञ्चनपुर र कैलाली’का विपन्न विद्यार्थीलाई विद्यालय झोला वितरण गरिने भएको छ । वातारण संरक्षण तथा समाज कल्याण संघ नेपालले कञ्चनपुर कैलालीका विपन्न विद्यार्थीलाई झोला वितरण गरिने भएको हो । वातारण संरक्षण तथा समाज कल्याण संघ नेपालका सदस्य दमन चन्दले चाईना फाउण्डेशन फर रुलर डेभलपमेन्टको सहयोगमा विद्यालय झोला वितरण गरिने बताए । उनका अनुसार भदौँ तेस्रो सातादेखि कञ्चनपुरको दोधाराचाँदनी, भीमदत्त नगरपालिका र कैलालीको जानकी गाँउपालिका क्षेत्रका स्थानीय किसानलाई झोला वितरण गरिने छ ।

४० सामुदायिक विद्यालयका झण्डै ६ हजार ७ सय विद्यार्थीलाई झोला वितरण गरिने उनले बताए । छात्रालाई रातो र छात्र निलो रङको झोला वितरण गरिनेछ । यस अघि ४ हजार ३सय झोला वितरण गरिएको थियो । वातारण संरक्षण तथा समाज कल्याण संघ नेपालका उपाध्यक्ष पशुपती थापा (मगर)ले विपन्न समुदायका विद्यार्थीको शैक्षिक सुधारका लागि झोला वितरण गरिने बताए । उनका अनुसार बालविकासदेखि कक्षा ८सम्मका विद्यार्थीलाई झोला वितरण गरिनेछ ।

‘यस अघि हामीले झोला वितरण गर्दा विद्यार्थीका खुसी छाएको थियो, ‘उनले भनिन, ‘अहिले पनि विद्यार्थी थप खुसी हुनेछन ।’ चाईना फाउण्डेशन फर रुलर डेभलपमेन्टका कार्यक्रम संयोजक विजय श्रेष्ठले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको दैनिक पठन पाठनमा राहतका लागि विद्यालय झोला वितरण गरिन लागेको बताए । उनका अनुसार सन ०१५देखि नेपालका ५४, सुपका कैलाली, कञ्चनपुर र डडेल्धुरामा झोला वितरण गरिन लागिएको छ । झोला वितरण पुर्व मंगलबार महेन्द्रनगरमा सामुदायिक विद्यालयका प्राद्यानाध्यापकसंग छलफल समेत गरिएको छ ।







