पुर्व विद्यार्थी नेता भाटले झलारीमा खोले न्यू डायमण्ड कस्मेटिक एण्ड रोल्डगोल्ड ज्वैलर्स


कञ्चनपुर: कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले जिल्लाको मध्य भाग झलारीमा न्यू डायमण्ड कस्मेटिक एण्ड रोल्ड गोल्ड ज्वैलर्स सोप संचालन गरेका छन । पुर्व विद्यार्थी नेता नरेन्द्र भाट(निशान्त)ले शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बजारमा न्यू डायमण्ड कस्मेटिक एण्ड रोल्डगोल्ड ज्वैलर्स सोप संचालन गरेका हुन । १ भदौँदेखि भाटले झलारी बजारमा समेत न्यू डायमण्ड कस्मेटिक एण्ड रोल्डगोल्ड ज्वैलर्स सोप संचालन गरेका छन । यस अघि भीमदत्त नगरपालिका महेन्द्रनगर गल्ली नम्बर ३ मा रहेको डायमण्ड कस्मेटिक एण्ड रोल्ड गोल्ड ज्वैलर्स सोपको शाखा सुदूरपश्चिमेलीको ओल्के पर्वको अवसरमा झलारीमा संचालन ल्याएका छन ।

शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी (पन्त)ले एक कार्यक्रमकाबीच पसलको उद्दघाटन गरेकी छिन । पसल उद्धघाटन गर्दै नगर उपप्रमुख पन्तले सेवाग्राहीलाई गुणस्तरिय सेवा प्रदान गर्नुपर्ने बताईन । उद्घाटन कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष लाल बहादुर ऐर, सञ्चारकर्मी लगायतको सहभागिता थियो । न्यू डायमण्ड कस्मेटिक एण्ड रोल्ड गोल्ड ज्वैलर्स सोपका सञ्चालक भाँटले १० लाखको लागतमा झलारी बजारमा पसल सञ्चालनमा आएको बताए । श्रृङगारका सम्पूर्ण सामाग्री सहित अमेरिकी डायमण्ड सामाग्री उपलब्ध रहेको उनले बताए । त्यस्तै स्कुल,कलेजका झोला,टेम्पल ज्वैलरीका सामाग्री पनि उपलब्ध रहेका छन् ।

आफुले नाफा कमाउने भन्दा पनि गुणस्तरिय सेवा प्रदान गर्ने सञ्चालक भाँटले बताए । विज्ञान विषयका विद्यार्थी समेत रहेका भाट पछिल्ला बर्षहरुमा व्यवसाय तर्फ जुटेका छन । कोरोना महामारीका बेला समाजसेवादेखि अन्य समयमा समेत विभिन्न समाजिक काम गर्दै आएका छन । युवाहरु उद्यमी बन्नुपर्ने भाटको विचार छ । सोही अनुरुप अघि बढ्नुपर्ने सुझाव दिएका छन ।


ताजा समाचार

spot_img