कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडा कार्यालयले निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ । भीमदत्त नगरपालिका ८ नम्बर वडा कार्यालयले निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको हो ।
कञ्चनपुर उद्योग वाणिज्य संघबाट प्राप्त भएको एम्बुलेन्स वडा कार्यालयले संचालन गरेको छ । बुधबार एक कार्यक्रमका विच उद्योग वाणिज्य संघले वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर प्रशाद बोहराले भीमदत्त नगरपालिका ८का वडाध्यक्ष मदनराज मिश्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन ।
भीमदत्त नगरपालिका ८का वडाध्यक्ष मदनराज मिश्रले वडाका जनताको माग र आवश्यकता अनुरुप वडामा निःशुल्क एम्बुलेन्स सेवा दिने बताए । अध्यक्ष मिश्रले वडाभरीका जनताका लागि एम्बुलेन्स निःशुल्क प्रयोग गरिने बताए । ‘वडाका अति अशक्त बिरामी, सुत्केरी, गर्भवती, सर्पले डसेका बिरामी, दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल लैजान विशेष प्राथमिकता दिईन्छ, ‘वडाध्यक्ष मिश्रले भने दुर्गम वडाका जनतालाई स्वास्थ्य सेवा प्रदान गछौँ ।’ वडाध्यक्ष मिश्रले वडाका सबै राजनीतिक दल, बुद्धिजिवी सहितका अगुवासंग थप छलफल गरेर अघि बढ्छौँ ।’
विपन्न, गरिब, दलित, आर्थिक रुपमा समस्यामा परेका जनतालाई विशेष प्राथमिकता दिईने बताए । वडाले गाँउमै निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेपछि स्थानीय समेत हर्षित भएका छन ।
स्थानीय एव नेकपा माओवादी केन्द्र ८का वडाध्यक्ष माधव जोशीले दुर्गम भेगका स्थानीय जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन एम्बुलेन्स प्रभावकारी संचालन गर्नुपर्ने बताए ।
स्थानीय एव भम्केनी धामका महासचिव करन भट्टले वडाबाट जनताका लागि निःशुल्क एम्बुलेन्स सेवा शुचारु भएपछि हर्षित भएको बताए । अर्का स्थानीय खेम जोशीले एम्बुलेन्स सेवा प्रभावकारी संचालन हुनुपर्ने सुझाव दिए । नेपाली सेनाका पुर्व सेवानिवृत अधिकृत एव स्थानीय गोरख पुजाराले बिरामीको गम्भिरता अनुरुप नियमित सेवामा जोडदिए । भीमदत्त नगरका समाजिक विकास संयोजक शुशिल भट्टले वडाबाट बिरामीका लागि निःशुल्क अस्पताल पु¥याउने कार्य सरानिय भएको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका सचिव राहुल भट्टले वडाका जनताका लागि एम्बुलेन्स सेवाले जनता लाभान्वित हुने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले स्थानीय सरकारबाट जनताको स्वाथ्य सेवाका लागि एम्बुलेन्स संचालन कार्य सरानिय भएको बताए । एम्बुलेन्स हस्तान्रतण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले प्रभावकारी संचालनमा सुझाव दिए । भीमदत्त नगरपालिका ८का वडा सचिव हरि प्रशाद मिश्रले संचालन गरेको कार्यक्तममा वाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्ट, सदस्य रामचन्द्र बुडा, रदिप पाल सहित वडाका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता पुर्व जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।







