निड्स नेपालद्वारा जिल्ला प्रशासन कार्यालयलाई खोज उद्दार सामग्री हस्तान्तरण


कञ्चनपुर : निड्स नेपालद्वारा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई खोज तथा उद्दार सामग्री हस्तान्तरण गरिएको छ ।

मंगलबार एक कार्यक्रमका विच अक्सफामको साझेदारीमा निड्स नेपालद्वारा सञ्चालित विपद् प्रतिकार्य तथा पुर्नलाभका लागि समुदायको सबलीकरण परियोजना अन्र्तगर्त खोज उद्दारका सामग्रीहरु हस्तान्तरण गरेका हो ।निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई विपद् व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गर्नु भएको थियो । कार्यकारी निर्देशक रेग्मीका ‘अनुसार रु.४ लाख ८४ हजार २ सय ५ रुपैया बाराबरको सामग्री हस्तान्तरण गरिएको हो । ’

विपद्को बेला जनतालाई छिटो भन्दा छिटो उद्दारको लागि खटिने सुरक्षाकर्मीहरुको लागि उक्त समाग्री हस्तान्तरण गरिएको निड्स नेपालका कार्यकारी निर्देशक रेग्मीले बताउनु भयो । त्यसैगरी सुरक्षाकर्मीहरु सँग स्रोत साधन कमी भएको बेला यसरी समन्वय सहकारी गरेर निड्स नेपालले सामग्री हस्तान्तरणबाट यस प्रकारको सहयोगबाट उद्दार कार्यमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।

विपद्को बेला बाढी पहिरोको जोखिम बाढ्दै मानवीय तथा भौतिक रुपमा हुने क्षतिलाई मध्यनजर गर्दै त्यसको न्युनिकरणका लागि सरकारी तथा गैर सहकारी संस्था लगायतको विपद व्यवस्थापनको लागि मुख्य जिम्मेवारी रहन्छ ।


Loading Viewer...

ताजा समाचार

spot_img