दोधारा चाँदनीका खेलाडी ‘अनमोल’ लाई वडाध्यक्ष खत्री र उपमेयर जोशीले गरे पुरुस्कार सहित सम्मान


दोधारा । दोधारा चाँदनीका खेलाडी अनमोल सम्मानित भएका छन् । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्री र उपमेयर गंगा देबी जोशीले खेलाडी जनक राज रोकाया मगर रोकाया (अनमोल) लाई एक कार्यक्रमको बिच पुरुस्कार सहित सम्मानित गरेका छन् । खेलाडी अनमोललाई नगद रकम रु. १४ हजार ५ सय सहित दोसल्ला ओढाएर सम्मानित गरिएको वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका खेलकुद बिकास समितिले केही दिन आयोजना गरेको म्याराथुन दौडमा जनकराज रोकाया मगर रोकाया (अनमोल) प्रथम आएका थिए । प्रतियोगितामा ताकिएको उमेर भन्दा ३ दिन उमेर कम भएको भन्दै खेलाडी अनमोललाई आयोजक संस्थाले पुरुस्कार पाउनबाट बन्चित भएका हुन् । खेलाडीको मनोवल कमजोर बनाउने काम गरिएको भन्दै आज दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयमा एक कार्यक्रमको बिच उनलाई सम्मान गरिएको बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिका– ५ वडाध्यक्ष केशव खत्रीले खेलाडीको मनोवल उच्च राख्नु पर्ने बताउदै नगर खेलकुद बिकास समितिका अध्यक्षले राजिनामा दिएको दिन देखि नगर खेलकुद बिकास समिति भंग भईसकेको हुदा यसको कुनै औचित्य नभएको बताएका छन् । ‘खेल र खेलाडीको मर्मको बिपरित कार्य भईरहेको छ्’ दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष खत्रीले भने । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, सामाजसेवी तमान सिंह गुरुङ्ग, वडा सचिव पुरन पुन मगर, नेपाली काग्रेंसका नेता महेन्द्र सिंह बिष्ट, रोयल स्र्पोटस क्लव दोधारा चाँदनीका अध्यक्ष रमेश चन्द, खेलाडी जनकराज रोकाया मगर रोकाया (अनमोल), खेलाडी अनमोल रोकायाका परिवारजन लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।

खेलाडीको मनोवल बढाउन वडाध्यक्ष खत्रीले ब्यक्तीगत रु. ७ हजार नगद र उपमेयर जोशीले रु. ७ हजार ५ सय नगद सहयोग गरेका छन् । यस्तै सामाजसेवी तमान सिंह गुरुङ्गले खेलाडीलाई रु. ५ सय २० रुपिया नगद सहयोग गरेका हुन् ।

म्याराथुन दौडमा नगर खेलकुदल बिकास समितिले किशोर सुनारलाई प्रथम, सुशिल ओली द्धितिय र जीवन सारु मगरलाई तृतिय घोषणा गरि प्रथम द्वितीय र तृतीयलाई क्रमश: नगद १५ हजार, १० हजार र ५ हजार पुरस्कार सहित प्रमाण पत्र प्रदान गरेको थियो ।


ताजा समाचार

spot_img