विप्लव अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला सम्मेलन आगामी भदौँमा


कञ्चनपुर : नेकपा विप्लव निकट अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला सम्मेलन आगामी भदौँमा हुने भएको छ । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको अखिल क्रान्तिकारी कञ्चनपुरको बैठकले आगामी २० भदौँमा जिल्ला सम्मेलन गर्ने निर्णय भएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक अनिल घरडीले १८औँ जिल्ला सम्मेलन भदौँ २० गते गर्ने तय भएको बताए ।

संयोजक घरडीका अनुसार ३५ सदस्यीय आयोजक कमिटि विस्तार गरिएको छ । उनका अनुसार हिमाल रोकाया, सञ्जय खत्री, मोहन राज जोशी, मोहन राज भण्डारी, निराज नेपाली, प्रविन खत्री, सुरज रोकाया, बिनोद एसके, ललित कलौनी, आशिष विक, प्रियन्का विक, आकास, हेमन्त, शंकर, भुपेन्द्र मुकेस, माया सी लगायत रहेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला बैठकमा प्रमुख अतिथि समेत रहेका नेकपा जिल्ला इन्चार्ज विष्णू प्रकास उपाध्याय(बिराट), ललित, भरत, अनिल सहितका नेताहरु रहेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img