कञ्चनपुर : राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो । शुक्रबारदेखि महेन्द्रनगरमा राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको १०औँ जिल्ला अधिवेशन हुन लागेको छ । उद्योग वाणिज्य संघ कञ्चनपुरको हलमा बिहान ११ बजेदेखि शुरु हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाईएको छ । राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका संयोजक दिनेश विष्टले जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए ।

‘भोली शुक्रबारदेखि हुने यो ऐतिहासिक जिल्ला अधिवेशन हो, ‘उनले भने, ‘आवश्यक सबै तयारी हामीले पुरा गरिसकेका छौँ ।’ एमाले पोलिट्ब्यूरो सदस्य समेत रहेका युवा संगठनका इन्चार्ज महेश बस्नेतको प्रमुख आथित्यमा, संगठनका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको बिशिष्ठ आथित्य सहित कञ्चनपुरमा रहेका केन्द्रीय, प्रदेश र जिल्ला स्तरका नेता कार्यकर्ताहरुको उपस्थितिमा भेला हुने छ । जिल्लाभरीबाट १६६ जना प्रतिनिधी छनौट भईसकेका छन । सहमती आधारमै नेतृत्व टुङग्याईने दावि गरिएको छ ।







