दोधाराचाँदनीमा बाबुले आमाको हत्या गरेपछि दुदे बालिकाको विचल्ली


कञ्चनपुर : दोधाराचाँदनी नगरपालिका ७ कञ्चनभोजका प्रेम बहादुर बुढाले आफ्नै श्रीमती द्रोपती बुढाको हत्या गरिदिएपछि उनको परिवारमा ठुलो बज्रपात मच्चिएको छ ।

बाबुको आमाको हत्या गरेपछि २ बर्षिया दुधे बालकको विचल्ली भएको छ । दुदे बालिकाले एकातिर सदाका लागि आमा गुमाएकी छिन । भने आमाको हत्या अभियोगमा बाबु जेल जानेभएपछि अनिश्चित समयका लागि बाबु गुमाएकी छिन ।

आफ्नै जन्मदिने आमाको हत्या गर्ने साईनोले बाबु भएपनि आमाका हत्यारा ति बालिकाका लागि दुस्मन जस्तै भएको छ । नामका प्रेमले द्रोपतीमाथि धारिलो चाखु प्रहार गरेर विभत्स हत्या गरिदिएपछि ति दुदे बालिकाको विचल्ली भएको छ । अहिले हजुर आमाबाबु एव घर परिवारका अन्य सदस्यसंगै रहेपनि ति बालिकाको विचल्ली नै भएको छ । ति बालिकाको भविष्यका बारेमा सरोकारवाला पक्ष जिम्मेबार बन्नुपर्ने स्थानीयको सुझाव छ ।


Loading Viewer...

ताजा समाचार

spot_img