संगठनलाई चुस्त दुरुस्त बनाउँदै युवाका पक्षमा काम र भ्रष्टाचार बिरुद्धमा अभियान चलाउँछौँ :अध्यक्ष विष्ट


कञ्चनपुर : राष्ट्रिय युवा संघ नेपाल भीमदत्त नगरको अध्यक्षमा महेश विष्ट चयन भएका छन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल भीमदत्त नगरको पालिका अधिवेशनबाट महेश विष्टको अध्यक्षमा २५ सदस्यीय कमिटि विस्तार गरिएको
छ ।

उपाध्यक्ष ईन्द्र विष्ट, सचिव ईन्द्रसिह धामी, उपसचिव अनिल लुहार,सरस्वती नाथ,कोषाध्यक्ष दिनेश सिह कार्की रहेका छन । भीमदत्त नगरमा एमाले कञ्चनपुर जिल्ला इन्चार्ज नारदमुनी रानको प्रमुख आथित्यमा भएको थियो । राष्ट्रिय युवा संघ नेपाल भीमदत्त नगरको अध्यक्षमा चयन भएका अध्यक्ष महेश विष्टले संगठनलाई चुस्त दुरुस्त बनाउँदै युवाका पक्षमा काम र भ्रष्टाचार बिरुद्धमा अभियान चलाउने प्रण गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img