कुतियाकवर बस्ती जोगाउन तटबन्ध निमार्णको लागी पहल गर्छौ : सांसद डाँगी

पप्पु गुरुङ्ग, दोधारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचेतक तथा कम उमेरका सांसद निशा डाँगी दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा पुगेका छन् । महाकाली नदीले कटान गरेको क्षेत्रको अनुगमन संगै स्थानियहरु संग भेट गरि अवस्थाको बारेमा उनले जानकारी लिएका हुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचेतक तथा सांसद निशा डाँगीले कुतियाकवर बस्तीलाई जोगाउन आफुहरुले पहल थाल्ने बताएका छन् । काठमाण्डौ पुगेर आफुले पहल थाल्ने बताएका छन् । स्थानियहरु संग बस्तीको अवस्थाको बारेमा जानकारी लिदै आफुले बस्तीको बारेमा संचारमाध्यमबाट थाहा पाएको बताउदै यहाँको समस्या आफुले प्रत्यक्ष स्थलगत गर्ने मन भएर बस्तीमा पुगेको बताएका छन् । बस्तीमा निकै पिडा रहेको बताउदै बस्तीलाई जोगाउन आफुबाट हुने पहल आजैबाट थाल्ने बताएका छन् । सांसद डाँगी संगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुन्द ढकाल, पार्टी प्रदेश सभापती प्रकाश बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर संयोजक पुरन कुमाल, सचिव दिनेश बम लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुन्द ढकालले बस्तीलाई जोगाउन पार्टी भित्र कुराकानी भईरहेको बताउदै बस्ती बचाउन सके स्थानियहरु सुरक्षा संगै सिमा रक्षा समेत हुनेमा दुई नभएको बताएका छन् । नदीले कटानीले बस्तीनै उच्च जोखिमा रहेको हुदा सबै ताप्काबाट बस्ती जोगाउन लाग्नु पर्ने उनको भनाई रहेको छ् । महाकाली नदीमा पानीको बहाव तिब्र भएर खड्के सुनार, कर बहादुर सुनार, धन बहादुर सुनार, नैन सिंह सुनार, ऐन बहादुर सुनार, भिम बहादुर खत्री, लिला देबी खत्री, जितु खत्री, कले खत्री गरि झण्डै ३ बिघाह खेती योग्य जग्गा कटानी गर्दै आएको छ् ।

नदीको कारण बस्तीनै जोखिममा रहेको छ् । महाकाली नदी जगबुडा नदीले बिगत लामो समय देखि गर्दै आएको कटानीको अवस्था बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचेतक तथा सांसद निशा डाँगी संगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुन्द ढकालको एक टोली दोधारा चाँदनी नगरपालिकाको बाढीग्रस्त बस्ती कुतियाकवर बस्तीमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर संयोजक पुरन कुमालले बताएका छन् ।

ताजा समाचार

spot_img