शुक्लाफाँटा : सामुदायिक विद्यालयमा कार्यरत नीजि श्रोतका शिक्षकहरुले आज शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा अनिचितकालीन तालबन्दी गरेका छन । नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत नीजि श्रोतका शिक्षकहरुले स्वतः नगर शिक्षक घोषणाको माग गर्दै शिक्षा शाखामा तालाबन्दी गरेका हुन । छ दिन देखि स्वत :नगर शिक्षक घोषणाको माग गर्दै धर्ना दिने कार्य गर्दा पनि माग सम्बोधन नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको नीजि श्रोत शिक्षक संघर्ष समितिका नगर अध्यक्ष भुपेन्द्र सिंह धामीले बताउनु भयो । “तीन सुत्रीय माग अघि सार्दै धर्ना लगायतका दवाव मूलक कार्यक्रम गर्दै आएपनि माग पुरा गर्ने अश्वासन पाउन सकेनौं” उहाँले भन्नु भयो, “माग पुरा नहुदा सम्म तालाबन्दी जारी रहन्छ ।”
नगरपालिकाले नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८० ल्याएर व्यवस्थापनको बहानामा नीजि श्रोतका शिक्षकहरुलाई विस्थापन गर्न खोजेको आरोप उहाँको रहेको छ । आन्दोलनरत शिक्षकहरुले कार्यविधि संसोधन गरी नीजि श्रोतमा वर्षौ देखि पढाउदै आएका शिक्षकलाई निरन्तरता दिनु पर्ने र सामुदायिक विद्यालयमा नीजि श्रोतमा कार्यरत अंग्रेजी, गणीत, विज्ञान विषयको हकमा कम्तीमा दुई वर्ष भित्र शिक्षक लाइसेन्स पेश गर्ने गरी नगर शिक्षक घोषणा गरिनु पर्ने माग अघि सारेका छन ।
यसैगरी, न्यूनतम पारिश्रमिकमा काम गरि रहेका नीजि श्रोतका शिक्षकहरुलाई तलब स्केल अनुसारको तलवको व्यवस्था गरी विस्थापन नहुने गरी व्यवस्थापन गर्नु पर्ने माग शिक्षहरुको रहेको छ । विसं २०७८ साल असार ३० गते शिक्षक व्यवस्थापन सम्बन्धीको कार्यदलले लामो समय देखि अध्यापनको कार्य गर्दै आएका बालविकास सहजकर्ता र नीजि श्रोेतका शिक्षकलाई व्यवस्थापन गरी नगर शिक्षकका रुपमा कार्यमा लगाउने निर्णय गरेको शिक्षकहरुको भनाई रहेको छ ।
ध्चष्तभ तय च्बवभलमचब एबलभचग







