पप्पु गुरुङ्ग/ दोधारा : कुतियाकवर बस्ती जोगाउन स्थानियहरुलाई सकस भएको छ् । नेपाल सरकारले बस्तीलाई सुरक्षित राख्न पक्की तटबन्ध निमार्ण नगरिदिदा बस्तीनै बिस्तापित हुने संत्रास बढेर गएको स्थानियहरुले बताएका छन् । महाकाली नदीले बस्ती छेउमा कटानी गर्न थाले संगै अस्थायी तटबन्ध निमार्ण कार्यमा दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत बिपद्का क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थाहरु लागिपरेका छन् । नदीमा अस्थायी तटबन्ध निमार्ण कार्यमा सशस्त्र प्रहरी, स्थानियहरु एकजुट भएका छन् ।

केही साता अघि निरन्तर कटान गरेर महाकाली नदी बस्ती छेउमै पुगेपछि दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका बासिन्दा त्रसित बनेका छन् । नेपाल–भारत सीमा संगै जोडिएको यहाँका बासिन्दा महाकाली नदी र जोगबुडा नदीमा आउने बाढीले मात्रै होइन, वर्षौं देखि अभाव र संघर्ष बीच सीमाको पहरेदार बनेर बस्दै आएका यहाँका जनता बाढीको चिन्ताले पनि उतिकै ग्रसित छन् । २०७८ सालको बाढीले थलिएको कुतियाकवर बस्ती घर तथा बाटो लगाएत पूर्वाधार बगाएको र ढुंगा मुढा, ग्रेगर सहितको विशाल बाढी बस्ती पसेको कहाली लाग्दो श्रव्यदृश्यले थप झस्काएको छ् ।

उस्तै भूबनोट भएको कुतियाकवर बस्ती दोधारा चाँदनी नगरपालिकाका बाढीको उच्च जोखिममा रहेको बस्ती मानिन्छ् । आगामी दिनमा बाढीको कारण बस्तीनै जोखिममा रहेको विज्ञको आंकलन छ् । त्यसैले उद्धार र राहतमा मात्रै ध्यान दिने परम्पराबाट माथि उठेर सरकार पूर्व सूचना र तयारीमा पनि बढी केन्द्रित हुनुपछर्् । सम्भावित जनधनको क्षतिलाई सम्भव भएसम्म जोगाउनुपर्छ् । यसपालि तुलनात्मक रुपमा कम पानी पर्ने प्रक्षेपण भए पनि थोरै समयमा बेमौसमी वर्षा भई क्षति बढाउन सक्ने चिन्ता छ् । तैपनि सम्बन्धित निकायहरु तयारीमा गम्भीर नदेखिनु विडम्बनापूर्ण छ् । जोखिम क्षेत्रका बासिन्दालाई विपद्बाट जोगाउन सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहन्छ् । गृह मन्त्रायलका अनुसार पूर्वतयारी स्वरुप पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान गरिएका छन् । यतिले दोधारा चाँदनी नगरपालिकाका नागरिकलाई सतर्क गराउन सम्भव देखिन्न् ।

विगतमा प्रभावकारी देखिएको बाढीको सम्भावना भएका क्षेत्र पहिचान गरी स्थानीयवासीलाई मोबाईलमा सन्देश पठाउने कार्यलाई थप व्यापक बनाउनुपर्छ । जल तथा मौसम विज्ञान विभागले गर्ने नदीमा पानीको बहाव र बाढीको पूर्वानुमानलाई स्थानीय स्तरमा शीघ्र प्रचार–प्रसार गर्नुपर्छ् । पूर्व सूचना मात्र फैलाउन सकेपनि मानवीय क्षति घटाउन सकिन्छ् । कहाँ कुन किसिमको जोखिम छ् भनेर सबै भन्दा बढी जानकारी हुने स्थानीय सरकार तथा त्यसमा कार्य गर्ने बिभिन्न गैरसरकारी संस्थाहरु तयारी अवस्थामा रहनुपर्छ् । सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि गर्नुपर्छ् । आवश्यक उपकरणको जोडजाम पनि मिलाउनुपछर्् । नगरप्रमुखको अध्यक्षतामा नियमानुसार गठन भएका स्थानीय विपद् व्यवस्थापन समितिलाई जति स्रोतसाधन र कार्य दक्षताले सम्पन्न तुल्याइन्छ, विपद् व्यवस्थापन गर्न त्यतिनै सहज हुने तथ्य संघ र प्रदेशले ह्दयंगम गर्नुपछर्् । सरकारले आवश्यक प्रतिकार्यका लागि समुदायक स्तरमा रहेका बिपद् ब्यवस्थापन समिति, उद्धार टोली, सुरक्षाकर्मी लगाएत जनशक्तिलाई तैनाथ त राख्नुपर्छ, तर तत्कालीन राहत तथा उद्धारमा मात्र केन्द्रित हुने र बिपद् आएको क्षेत्रमा पुगेर फोटो सेसन, सान्त्वना बाँड्न जाने प्रवृत्तिबाट भने माथि उठ्नुपर्छ् । समग्र विपद् व्यवस्थापनमै ध्यान दिनुपर्छ् । पूर्व सूचना, तयारी, तत्कालीन प्रतिकार्य देखि पीडितको दीर्घकालीन व्यवस्थापन सम्म गम्भीर हुनुपर्छ् । यो समग्र पक्षको नेतृत्व संघीय सरकारले नै लिनुपर्छ् ।
अझ चिन्ता गर्नु पर्ने चाहि वर्षौ देखि नियमित नियति बनिरहेको मनसुनी विपद् आगामी वर्षहरुमा अझ बढ्ने जोखिम देखिन्छ् । भूगोल र भूबनोटनै विपद्का दृष्टिले संवेदनशील रहेको दोधारा चाँदनी नगरपालिकाको तटिय क्षेत्रमा जथाभावी सडक निर्माण, अवैज्ञानिक भूउपयोग र प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले जोखिम झनै थपेको छ् । जलवायु परिवर्तनको मारले यसमा गुणात्मक असर पुर्याउछ् । तसर्थ, जोखिमलाई सधैंका लागि न्यूनीकरण गर्न राज्य दीर्घकालीन योजनाका साथ अघि बढ्नुपछर्् । खास गरी, विकास र उन्नतिको मानवीय आकांक्षा पूरा गर्दा प्रकृतिको लय नखलबलियोस् भन्नेमा नीति निर्माता देखि नागरिक सम्म सबै सतर्क रहनुपछर्् ।






