‘बिजय प्रधान’ का घरपरिवारले रुखबाट खसेर घाईते भएका गुरुङ्गलाई गरे उपचारमा सहयोग (हेर्नुस् भिडियो)


दोधारा । दोधारा चाँदनी नगरपालिकाका रुखबाट खसेर घाईते भएका एक युवकलाई ‘बिजय प्रधान’ का घरपरिवारले आर्थिक सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ६ निवासी स्व. बिजय नेपाली (बिजय प्रधान) को सम्झनामा उनका घरपरिवारले वडा नं. ६ का झण्डै दुई साता अघि घर नजिक रुखबाट खसेर घाईते भएका वर्ष ३८ का शेर बहादुर गुरुङ्गको उपचार खर्चको लागी रु. ६ हजार एक सय रुपिया सहयोग गरेका छन् । स्व. बिजय नेपाली पञ्चायतकालमा प्रधानपञ्च रहेका यस क्षेत्रका नामचिन ब्यक्ती हुन् । स्व. बिजय नेपाली भद्र, सालिन तथा सामाजसेवी ब्यक्तीत्व हुन् । आज गुरुङ्गकै निवासमा पुगेर स्व. नेपालीका धर्मपत्नी आशा नेपालीले उपचार रकम हस्तान्तरण गरेका छन् । स्व. बिजय नेपालीको सम्झनामा गरिब तथा बिपन्न सहयोग गर्ने कार्यक्रम अन्तर्गत रुखबाट खसेर घाईते भएका शेर बहादुर गुरुङ्गलाई थोरै भएपनि सहयोग गर्ने प्रयास गरिएको बिजय प्रधानका परिवारजनले जनाएका छन् ।

हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, स्व बिजय प्रधानका धर्मपत्नी आशा नेपाली तथा परिवारजनको उपस्थिती रहेको थियो । घर नजिक रहेको कटहर टिप्न रुख चढ्दा खसेर घाईते भएको गुरुङ्गका परिवारजनले जनाएका छन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले स्व. बिजय बहादुर नेपाली समाजको लागी अत्यन्त्तै सरल तथा सामाजिक ब्यक्तीत्व रहेका बताउदै स्व. नेपालीले गरेका सामाजिक कार्यको युवा पिडीको लागी उत्साहजनक पाठ रहेको बताएका छन् ।

घाईते गुरुङ्गको उपचारको लागी यस अघि दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले रु. ५ हजार, वडाध्यक्ष केशव खत्रीले रु. ५ हजार पुर्व वडाध्यक्ष दिल बहादुर सिजाली नेतृत्वको टोलीले रु. १४ हजार ६ सय रकम संकलन गरि हस्तान्तरण गरिसकेको बताईएको छ् । दाताहरुले पिडाको बेला आफुलाई सहयोग गरेको भन्दै घाईते गुरुङ्गले सबै दाताहरुलाई मन देखि धन्यबाद दिएका छन् ।


ताजा समाचार

spot_img