दोधारा चाँदनीका वडाध्यक्ष खत्रीको पारिश्रमिकबाट ६ जनालाई पढाईमा सहयोग


दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीले आफ्नो पारिश्रमिकबाट ६ जना गरिब तथा जेहेन्दार छात्रा/छात्रलाई उच्च शिक्षा पढ्न सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले आफुले पाउने पारिश्रमिकबाट वडामा रहेका ६ जना जेहेन्दार बिद्यार्थीहरुलाई उच्च शिक्षा पठन पाठनमा सहयोग गर्दै आएका हुन् । आफुले निर्वाचनको बेला गरेको चुनावी बाँचा अनुसारमा आर्थिक अभावको भएर शिक्षा ग्रहण गर्न समस्या भएका बिद्यार्थीहरुलाई उच्च शिक्षा सम्म पठन पाठनमा सघाउदै गएको वडाध्यक्ष खत्रीले बताएका छन् ।

आफुले थाहा पाए जति दलित र विपन्न वर्गका विद्यार्थीलाई उच्च शिक्षा हासिलको आफुबाट हुन सक्ने सहयोग गर्दै जाने उनले प्रतिबद्धता गरेका छन् । राजनीतिमा समाज सेवाका लागि आएको बताउदै वडाध्यक्ष खत्रीले आफुले पाउने सेवा सुबिद्याहरु गरिब तथा बिपन्न बर्गको सेवा खर्च गर्दै आएको बताएका छ् । खत्रीले निर्वाचित भएपछि आफ्नै मोटरसाईकल चढ्ने गरेका छन् । वडाध्यक्ष खत्रीले आरती सुनार, लिला साँउद, ग्रिष्मा रोकाया लगाएत ६ जनालाई उच्च शिक्षा पढ्न सहयोग गरेका बिद्यार्थी ग्रिष्मा रोकायाले बताएका छन् ।

आर्थिक अभावको कारण २ वर्ष घरै बसेको र वडाध्यक्ष केशव खत्रीले रु. १३ हजार रकम सहयोग गरेपछि क्याम्पस जान थालेको ग्रिष्मा रोकायाले बताएका छन् । वडाध्यक्षको सहयोग प्रति बिद्यार्थीहरु खुशी प्रकट गर्दै धन्यबाद दिएका छन् ।


ताजा समाचार

spot_img