महेन्द्रनगर : कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा भोलि देखी यू-१९ फुटबल खेलाडी छनौट सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) आबद्ध देशभरका ४८ जिल्ला फुटबल संघलाई खेलाडी छनौटका लागि साउनको १ गते पठाएको पत्राचार अनुसार कञ्चनपुर जिल्ला फुटबल संघले महेन्द्रनगरको खुलामञ्चमा भोलि दिउँसो ३ बजे देखि खेलाडी छनौट कार्यक्रम सुरु हुने कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो।

महासचिव रावलले भने,’ कञ्चनपुर जिल्ला फुटबल संघले प्रदेश छनौटका लागि पहिलो चरणमा जिल्लाले छनौट गर्नु पर्ने एन्फाको पत्राचार अनुसार जिल्लाले भोलि साउन १३ सनिवार देखि १४ गते आइतबार सम्म खेलाडी छनौट गर्न कार्यतालिका रहेको छ। जिल्ला छनौटमा परेका खेलाडी लाई प्रदेश स्तरीय छनौटना सिफारिस गर्ने छौँ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार २०८० असोज ४ देखि १३ गते सम्म नेपालको काठमाडौमा आयोजना हुने साफ यू-१९ च्याम्पियनसिप २०२३ मा नेपाली राष्ट्रिय युवा (यु-१९) फुटबल टिम सहभागीता का लागि खेलाडी छनौट गर्न देशभरका ४८ जिल्ला फुटबल संघलाई एन्फाले पत्राचार गरि सकेको छ।






