बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी बस्ती तिर सोझिदै गएको हुदा कुतियाकवर बस्ती बाढीको उच्च जोखिममा परेको स्थानीयहरु बताउछन् । तीन तिर जोगबुढा नदी र अर्को तर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुदै आएको छ । जोगबुडा पारि रहेको भारत संग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्ने गरेको छ् । बस्तीलाई जोगाउन तटबन्ध नहुदा यहाँका बासिन्दालाई सधैं भरि बाढीको डर बनेको हो । गरिब र निमुखा भएकैले आफ्नो बस्ती बचाउ बारे कुनै नेता र निकायको आँखा नपरेको उनिहरुको गुनासो छ् । बर्खा लाग्यो कि, बाढीको त्रासले छुने यो बस्तीमा पछिल्लो समय केही वर्षयता नदीमा जथाभावी उत्खनन् बढेपछि जोखिम बढ्दै गएको एक थरीको भनाई छ् । धेरै जसो केन्द्र र प्रदेश नीतिमा यी कुरामा भर गरे पनि सम्बन्धित स्थानीय तहको संकल्प र प्रतिबद्धता भए धेरै कुरा ‘लिक’ मा आउने स्थानियहरु बताउछन् ।


पप्पु गुरुङ्ग, दोधारा । कालो बादल मडारिएको देखेपछि दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा रातीको समयमा कोही सुत्न सक्दैनन् । दलित तथा विपन्न समुदायको बाहुल्य रहेको महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बसोबास गर्ने कुतियाकवर बस्तीमा बादल देखेपछि राति बाढी आउने डरले कोही सुत्न नसकेका हुन् । ‘नदी बस्ती छेउमै आईपुगेको छ, खेतीयोग्य जग्गा धमाधम कटानी गर्दै आएको छ्’ स्थानियबासी माया देबी सुनार भन्छन् । २०७८ सालमा महाकाली र जगबुडा नदीमा आएको बाढीले घर पूर्ण रुपमा बगाएपछि माया देबी सुनार बाढी पीडित बन्न पुगे । बाढीले उनको कच्ची घर पूर्ण रुपमा बाढीले बगाएपछि विरक्तिएका माया सुनार अहिले कुतियावकरको सोही स्थानमा सानो टहरा बनाएर आश्रय लिईरहेका छन् । बाढीले बगाएको घर भन्दै अग्लो घर बनाएका बस्दै आएका माया देबी अझै पनि बिगतका दिनमा रातीको समयमा आएको बाढीको पिडा बिर्सन सकेका छैनन् । बाढीले घरमा भएको सबैथोक बगाएर लगेपछि केही दिनका लागी ब्यक्तीगत र सरकारी लगाएतका दाताले तत्कालका लागि दिएको राहत पेट पाल्यौ, माया देबी सुनारले भने –‘पीडित बनेको एक दशक पुगिसक्दा पनि मलम लगाउन बस्तीमा कोही पनि आएको छैन् ।’ एक दशक भन्दा बढीको समय देखि कुतियाकवर बस्तीको माँगलाई नेपाल सरकारले सम्बोधन नगरेको गुनासो छ् । लामो समय देखि कुतियाकवर बस्तीमा बस्दै आएका माया देबी सुनारलाई जहान परिवारको भोक टार्नै सकस छ् ।

छोरालाई कमाउन भारत पठाएका छन् भने आफु सिमावर्ती भारतिय क्षेत्रमा ज्यालामजुरी गरि दिनचर्या काट्दै छन् । वर्षाको समय आएको हुदा बाढीको त्रासले माया देबि र उनका परिवार रातभरी नदी तिर हेरेर रात बिताउछन् । ‘देशमा राजतन्त्रको अन्त्य भयो, लोकतन्त्र गणतन्त्र पछि स्थानिय तथा प्रदेश र प्रतिनिधी निर्वाचन पनि आयो भन्छन्’ उनले भने– ‘हाम्रो बस्तीमा भने खुसियाली हराएको धेरै भईसक्यो ।’ जगबुडा नदी र महाकाली नदीमा बाढी आएपछि नदीको भंगालो बस्तीमा पसेर तहसनहस गर्ने गर्छ् । रातीको समयमा बाढी आउदा मानविय क्षती हुनसक्ने सम्भावना बढी छ् । बाढी आएसंगै घर छाडेर सुरक्षित स्थानमा आश्रय लिनु पर्ने बाध्यता बस्तीको छ् । पानीको बहाव कम भए संगै प्राय: स्थानीयवासी घरमा फर्किन्छन् । आजभोली नदीले बस्ती नजिकका उर्वरभुमी धमाधम कटानी गर्न थालेको छ् । दोधारा चाँदनी नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत बिपद्को क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुले अस्थायी तटबन्ध निमार्ण कार्यमा जुटेका छ् । तर दिर्घकालिन समस्या हलको अस्थायी तटबन्ध भने पक्कै हैन् । निर्वाचनको बेला नेताहरुले गरेको चुनावी बाँचा अझै सम्म पुरा नभएको कुतियाकवरबासीको गुनासो छ् ।

नदीले खेत कटान गर्ने गरेकाले अन्न उब्जाउ गरेर खाने खेत समेत घट्दै गएको र रोकथामका लागि समेत केही पहल नभएकाले उनिहरु चिन्ता छ् । खेती योग्य जग्गा तीव्र रुपमा कटान गर्दै आएपछि पनि कसैले उनिहरुको पिडा बुझ्नै प्रयास नगरेको स्थानियबासी टेक बहादुर सुनारको भनाई रहेको छ् । महाकाली नदीको धार बस्ती तर्फ सोझिएको कारण नदीको बहाव तिब्र हुने बित्तिकै बस्तीमा पानी पसेर ब्यापक क्षती गर्ने सम्भावना प्रवल छ् । बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी बस्ती तिर सोझिदै गएको हुदा कुतियाकवर बस्ती बाढीको उच्च जोखिममा परेको स्थानीयहरु बताउछन् । तीन तिर जोगबुढा नदी र अर्को तर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुदै आएको छ ।
जोगबुडा पारि रहेको भारत संग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्ने गरेको छ् । बस्तीलाई जोगाउन तटबन्ध नहुदा यहाँका बासिन्दालाई सधैं भरि बाढीको डर बनेको हो । गरिब र निमुखा भएकैले आफ्नो बस्ती बचाउ बारे कुनै नेता र निकायको आँखा नपरेको उनिहरुको गुनासो छ् । बर्खा लाग्यो कि, बाढीको त्रासले छुने यो बस्तीमा पछिल्लो समय केही वर्षयता नदीमा जथाभावी उत्खनन् बढेपछि जोखिम बढ्दै गएको एक थरीको भनाई छ् ।
धेरै जसो केन्द्र र प्रदेश नीतिमा यी कुरामा भर गरे पनि सम्बन्धित स्थानीय तहको संकल्प र प्रतिबद्धता भए धेरै कुरा ‘लिक’ मा आउने स्थानियहरु बताउछन् ।






