लालझाडीमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि १ दिने क्षमता विकास तालिम सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरु को स्तर उन्नतिका लागि गाउँपालिका सधै अग्रसर रहने छ; अध्यक्ष राना


कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र लालझाडीमा दृष्टिविहिन अपाङ्गता भएका महिलाहरूको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि १ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।

बिहिवार लालझाडी गाउँपालिकाको सभाहलमा एबिलिस फाउन्डेसनको आर्थिक सहयोगमा कञ्चनपुर नेत्रहिन संघको आयोजनामा दृष्टिविहिन अपाङ्गता भएका महिलाहरूको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि १ दिने क्षमता विकास तालिम आयोजना गरिएको कार्यक्रम संयोजक सरिता महताले बताउनु भयो।
उनका अनुसार दृष्टिविहिन अपाङ्गता भएका महिलाहरूको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि १ दिने क्षमता विकास तालिमको प्रशिक्षण स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले दिनु भएको थियो।

सहभागिताको तर्फबाट सुरेन्द्र चौधरीले गाउँपालिका दृष्टि बिहिन अपाङ्गता भएका व्यक्तिहरु लाई सिपमुलक तालिम तथा बीउ पुजि प्रधान गर्नु पर्ने र आउदो आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गर्नका लागि पालिकालाई आग्रह समेत गरेका छन् ।

तालिममा आफ्नो मन्तव्य राख्दै लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्टले दृष्टि बिहिन अपाङ्गता भएका व्यक्तिहरुको समस्या पहिना गरि आवश्यकता अनुसारको कार्यक्रमको व्यवस्था गर्ने र अपाङ्गता भएका व्यक्तिहरू लाई हेलाको नजरले नहेरी उनिहरु लाई प्रोत्साहन गर्नु पर्ने र पालिकाको तर्फबाट निरन्तर सहयोग रहने र अपाङ्गता भएका दृष्टिबिहिन महिला लगायत अन्य वर्गका अपाङ्गता भएका व्यक्तिहरु को आवश्यकताको पहिचान गरि उनिहरु का मुद्धा लाई सधै सम्बोधन गर्ने र निरन्तर सहयोग समेत रहने बताउनु भयो।

प्रमुख अतिथि पालिका अध्यक्ष निर्मल रानाले अपाङ्गता भएका सबै किसिमका व्यक्ति र दृष्टिबिहिन महिला लाई मध्यनजर गरि आगामी दिनमा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा विशेष सहयोग रहने समेत प्रतिबद्धता गर्नु भएको छ। उनले भने, विगतमा अपाङ्गता क्षेत्रमा विनियोजित बजेटले उनिहरुको माग अनुसार पूरा गर्न नसके पनि आउदो हिउदे अधिवेशनमा यश मुद्धा लाई अग्रसर रुपमा छलफल गरि आवश्यक बजेट ल्याउने समेत प्रतिबद्धताका साथै अपाङ्गता भएका व्यक्तिहरु को आवश्यकता पहिचान गरि त्यही अनुसारको तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमको समेत आयोजना गर्नु पर्ने र अपाङ्गता मैत्रीपुर्ण भौतिक संरचना निर्माणमा पनि गाउँपालिकाले बेलैमा ध्यान पुगाउने छ।`

कञ्चनपुर नेत्रहिन संघका अध्यक्ष प्रेम बहादुर बोहराको सभापतित्वमा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाको प्रमुख अतिथित्वमा तालिम सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्ट , कार्यपालिका सदस्य दिलमाया चौधरी र महिला बिकास शाखा प्रमुख मानमती भट्ट लगायत दृष्टिबिहिन अपाङ्गता भएका व्यक्तिहरु को सहभागीता रहेको थियो। जसमा स्वागत मन्तव्य कञ्चनपुर नेत्रहीन संघका सदस्य अशोक चौधरीले राख्नु भएको थियो भने कार्यक्रम संयोजक सरिता महताले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।


ताजा समाचार

spot_img