कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका ८ नम्बर वडाले वडाबाटै समाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बेदकोट नगरपालिका ८ नम्बर वडाले वडा कार्यालयबाटै समाजिक सुरक्षा भत्ता वितरण गरेको हो । बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेश जोशीले आर्थिक बर्ष ०७९÷०८०को अन्तिम चौमासिकको समाजिक सुरक्षा भत्ता वितरण गरेको बताए । वडाध्यक्ष जोशीका अनुसार यस अघि समाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैक धाउनुपर्ने अहिले वडा कार्यालयमै बैंकका कर्मचारी बोलाएर वितरण गरिएको बताए ।

एनआईसि एसिया बैंक मार्फत विभिन्न प्रकृतिको समाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । तीनदिन लगातार समाजिक सुरक्षा भत्ताका सेवाग्राहीलाई कार्यालयमै बोलाएर भत्ता वितरण गरिएको अध्यक्ष जोशीले बताए । जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता लगायत विभिन्न प्रकृतिका ३सय २५जना समाजिक सुरक्षा भत्ताका सेवाग्राहीले भत्ता बुझेका छिन । यस अघि समाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैंक जानुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राहीले वडाअध्यक्ष जोशीप्रति आभार प्रकट गरेका छन । ‘टोलटोलमै गएर भत्ता वितरण हाम्रो योजना थियो, ‘वडाध्यक्ष जोशीले भने, ‘ईन्टरनेटको अभावले वडाबाटै वितरण गरेका छौँ ।’यसैविच बेदकोट ८ले विभिन्न समाजिक काम समेत गरेको छ ।

विभिन्न भजन कृतन समुह, महिला समुहलाई मादल, टेण्ड, साउण्ड सहितका साँस्कृतिक समाग्री समेत वितरण गरिएका छन । ‘यस महिला दिदिबहिनी तथा भजन कृतन समुहले बाह्यबाट धार्मिक कामकाजका लागि मादल, मिजार, टेण्ड, साउण्ड, कुर्सी ल्याउनुपर्ने बाध्यता थियो, ‘वडाध्यक्ष जोशीले अहिले वडाबाटै उक्त समाग्री वितरण गरेका छौँ ।’ वडाबाट भजनकृतनदेखि तिज सहित महिलाका चाडवार्डमा चाहिने आवश्यक समाग्री निःशुल्क पाएपछि महिला समुह एव भजन समुह हर्षित भएका छन ।







