इटहरी : द लेप्रोसी मिसन नेपाल विराटनगर र पर्यटन तथा होटल व्यावसायी संघ झापा विच दमकमा सम्भावित रोजगार विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सञ्सारको तिस भन्दा वढि देशहरुमा काम गरी सकेको द लेप्रोसी मीसन नेपालले सरकार सग समन्वय गरेर कुष्ठ रोगको निशुल्क उपचार गर्दै आएको साथै अपांगता भएका व्याक्तिहरुलाई सीप सीकाई रोजगार प्रदान गर्दै आएको द लेप्रोसी मीसन नेपालका राष्ट्रिय निर्देशक सोभाकार कडेलले जानकारी गराए ।

आठ हजार होटलहरुको प्रतिनिधित्व गर्दै आएको प्रदेश नम्वर एकमा यसरी अपांगता भएका व्याक्तिहरुलाई सिप सीकाई कर्मचारी उत्पादन गर्नु होटल व्यावसायीहरुको लागी खुसीको कुरा भएको किनकी अपांगता भएका व्याक्तिहरु रोजगारको लागी अन्य देशहरुमा जान नमिल्ने र असहज हुने भएकाले लामो समय सम्म काम गर्ने लगायतको विषयमा कार्यक्रममा सहभागीहरुले कुरा उठान गरेका थिए ।

दमक आठ स्थीत रहेको के. बी. आर. होटलमा भएको कार्यक्रममा दमक नगरपालीकाको उपमेयर रेगीना प्रसाई,होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगाल द लेप्रोसी मिसन नेपालका प्रवन्धक विपीन दास लगायले आ आफ्नो भनाई राखेका थिए ।






