खेल प्रति जनप्रतिनिधिको मोह , खेलाडी लाई खेलकुद सामग्री

वडा कार्यालयका जनप्रतिनिधिले खेल प्रतिको मोह देखाउदै खेलाडी लाई ५० हजार बराबरको खेलकुद सामग्री सहयोग


महेन्द्रनगर : कञ्चनपुर जिल्लाको एक पालिका अन्तर्गत एक वडा कार्यालयका जनप्रतिनिधिले खेलकुद प्रतिको मोह देखाउदै खेलाडी लाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

जिल्लाको खेलकुद क्षेत्रमा उर्वर भुमिका रुपमा परिचीत वेदकोट नगरपालिका वडा न.९ मा खेलकुद लाई मध्यनजर गर्दै निरन्तर फुटबल खेलमा अभ्यासमा रहेका खेलाडी लाई प्रशिक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले आवश्यक सामग्री सहयोग गरिएको हो।

बुधबार एक कार्यक्रमका बीच वडा क्षेत्रलाई मध्यनजर गर्दै वडा कार्यालयले ५० जार रुपैयाँ बराबरको खेलकुद सामग्री सुन्दरपुर खेलकुद बिकास समिति (एसएसएसडिसी) टिम लाई वडा अध्यक्ष जनक बिष्ट लगायतको जनप्रतिनिधिले हस्तान्तरण गरेको खेल प्रेमी सिनियर खेलाडी जितेन्द्र धामीले बताउनु भयो।

उनका अनुसार वडा कार्यालयको सहयोगमा फुटबल १० थान, खेलाडी पोशाक १८ जोड , ४ कोन , १५ वटा मार्कर, एक सेट कर्नल झण्डा र गोलरक्षक का लागि एक जोडी किपिङ गोलब्स सामग्री सहयोग गरिएको वडा न.९ का वडा अध्यक्ष जनक विष्टले बताउनुभयो। उन भने ‘खेलाडी भनेका देशका गहना हुन, तिनिहरु लाई माथी उकास्नु हाम्रो दायित्व हो, आगामी दिनमा पनि खेलकुद क्षेत्र लाई वडाले विशेष प्राथमिकता राख्ने प्रतिबद्धता समेत गर्नु भएको छ।’

उक्त खेल सामग्री वितरण कार्यक्रममा वेदकोट नगरपालिका कार्यपालिका सदस्य एवम् वडा सदस्यहरू खेलाडी ,खेलप्रेमीको उपस्थिति रहेको थियो । वडा कार्यालयले खेलकुद क्षेत्रमा निरन्तर खेलाडी लाई उत्साहित गर्दै हौसला प्रदान गर्दै आएको छ।


ताजा समाचार

spot_img